दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, ९ पुष । दमकस्थित दमक उद्योग वाणिज्य संघको ३० औं बार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट यस बर्ष सप्तरङगी एफएमका प्रवन्ध निर्देशक गिरिराज भट्टराई पुरस्कृत भएका छन भने उत्कृष्ट व्यवसायीका रुपमा दमकका पुराना होटल तथा रेष्टुरेँन्ट व्यवसायी डम्बर बहादुर राई र फलफुल व्यवसायी राजोदेवी शाहलाई सम्मान गरिएको छ ।

त्यसैगरी त्यस्तै आम्दा अस्पतालका डा. नविन ढकाल र दमक अस्पतालकी देवी दंगाल तथा संघका पूर्व अध्यक्ष एवं महामारी नियन्त्रण महाअभियानका संयोजक प्रकाश प्रसाइँ नेतृत्वको समितिलाई पनि कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै संघले सम्मान गरेको छ ।

त्यस्तै संघका कार्य समिति सदस्य चन्द्र खत्री र व्यवसायी रमेश अधिकारी निर्माण व्यवसायी संघ झापामा निर्वाचित भएकोमा सम्मान गरिएको छ । अधिकारी संघको वरिष्ठ उपाध्यक्ष र खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । होटल तथा पर्यटन व्यवसायी संघको प्रदेश अध्यक्षमा निर्वाचित वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य राजन दंगाललाई सम्मान गरियो ।

शुक्रबार आयोजित साधारण सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी नेपाल उदोग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका सदस्य चण्डीराज ढकाल, , दमक नगर प्रमुख रोमनाथ ओली, संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरेका थिए । साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष श्रेष्ठले दमकको आवश्यकतासंग जोडिएका बिकास निर्माण तथा पर्यटन प्रवद्र्धन तथा व्यवसायिक हित सम्बन्धिका योजनाहरुमा सरकारको ध्यानाकर्षण गराए ।

उनले कोरोना महामारी र यसका कारण लगाइएको लकडाउनका कारण प्रभावित व्यवसायीहरुलाई विभिन्न किसिमका छुट सुविधाहरु संघले प्रदान गर्दै आएको र सरकारले समेत त्यस किसिमका सहुलियत तथा छुट सुविधाहरु दिनुपर्ने उल्लेख गरे ।

सो अवसरमा संघका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले सांगठनिक, द्धितीय उपाध्यक्ष राजकुमार योङयाले ब्यवसायिक हितकोष कार्यक्रम सञ्चालन सञ्चालन सम्बन्धिको प्रतिवेदन , संघकी तृतीय उपाध्यक्ष रमा लिम्बुले आर्थिक प्रतिवेदन र लेखा संयोजक खोम प्रसाद बगालेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा विधान संशोधन सम्बन्धिको प्रस्ताव समेत पेश भई छलफलमा रहेको जनाइएको छ ।

साधारण सभाको उदघाटन कार्यक्रममा महासंघका नेताहरु, विभिन्न गाउँ÷नगर संघ, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए । सो अवसरमा संघका पूर्व अध्यक्षहरु राजेन्द्र ढकाल, प्रकाश प्रसाइँ, विष्णु प्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्सका सचिव अजय अग्रवाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल)ले स्वागत मन्तव्य राखेका थिए भने प्रथम उपाध्यक्ष राजु खडकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;