महासंघ झापाको ३३औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

विर्तामोड । झापाको पत्रकारितालाई जिम्मेवार र जवाफदेही बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति बढेको भन्दै अग्रज पत्रकारहरुले चिन्ता ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको ‘अवको पत्रकारिता र हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम बोल्दै अग्रज पत्रकार गोविन्द चन्द क्षेत्री, केशव आर्चाय, चिन्तामणी दाहाल, कृष्ण हुमागाँई, लीला बराल, मोहन काजी न्यौपाने लगायतका वक्ताहरुले पत्रकारिता समाजको ऐना भएकोले पत्रकारिता मर्यादित हुनुपर्नेमा जोड दिए ।

उनीहरुले पत्रकारको विकासका लागि अब दक्षतामा जोड दिनुपर्नेमा सुझाव दिए । पछिल्लो समय पत्रकारिता पुजीपति केन्द्रित भएको भन्दै पत्रकारिता जनजनको आवाज बोल्ने हुनुपर्नेमा ध्यान दिन जरुरी रहेको बताइएको छ । झापाको पत्रकारिताको स्थापना र आजको पत्रकारिताका चुनौति, अवसर र महासंघले गर्नुपर्ने कार्यका विषयमा सुझावसमेत दिएका थिए ।

पत्रकार महासंघ झापाको ३३ औं स्थापना दिवसका अवसर पारेर शुक्रबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वध्यक्षहरु, अग्रज पत्रकार, विभिन्न झापाका पत्रकारका संघ÷संगठनका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।

महासंघले ३३ औं स्थापना दिवसको अवसरमा ३३ वटै मैनबत्ति बालेर उद्घाटन गरिएको थियो । उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...