प्रदेश १ का पाँच दलीय गठबन्धन सरकारद्वारा न्यूनतम साँझा कार्यक्रम सार्वजनिक

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, विराटनगर । वर्तमान प्रदेश नं. १ सरकारमा रहेका पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साँझा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले सरकारको अल्पकालिन तथा दीर्घकालिन योजनाहरु समेटेर न्यूनतम साझा कार्यक्रम तयार पारेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर सरकार चलाउने र नीति तथा कार्यक्रम बनाउने मुख्यमन्त्री राजेन्द्र राईले बताए ।

कार्र्यक्रममा सरकारका मन्त्रीहरू इन्द्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की, जयराम यादव र विष्णुमाया तुम्बाहाम्फेलगायत सहभागी थिए । सांसद राजन राईले संचालन गरेको कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशीलले कार्यक्रमको अध्यक्षता गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा कार्यदलका सदस्य अशोक चेम्जोङले लिम्बुवानखबरलाई बताएका छन् ।

साझा कार्यक्रमको पूर्ण पाठ

 

 

 

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...