माओवादीको राष्ट्रिय सम्मेलन आजबाट शुरु

 लिम्बुवान न्युज
                       

 

काठमाडौं, ११ पुष । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजे उद्घाटन हुन लागेको हो ।

शनिबार बसेको स्थायी कमिटीको बैठकले सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावलाई आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । सहभागी प्रतिनिधिहरुलाई आफै बन्दोबस्त गर्न पनि माओवादी केन्द्रले जनाएको छ ।

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित जस्तै छ । उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदहरूमा भने आकांक्षी बढेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...