उपभोक्ता हित संरक्षण महासंघको झापा अध्यक्षमा दीपु चापागाई

,   लिम्बुवान न्युज
                       

दमक, १४ पुस । नेपाली उपभोक्ता हित संरक्षण महासंघ (एफएनसिपि)को झापा जिल्ला समिति गठन भएको छ । दमकमा महासंघका प्रदेश अध्यक्ष नारायण योङहाङ र महासचिव बिष्णुप्रसाद पोखरेलको उपस्थितिमा महासंघको जिल्ला समिति गठन भएको हो ।

बुधबार उपभोक्ता अधिकारवादीहरुको भेलाले दीपु चापागाई (सन्दिप)को अध्यक्षतामा गठित समितिको समितिको उपाध्यक्ष शिवभक्त शाही, सचिवमा बिरोध सुवेदी, सह–सचिवमा सुरेन्द्र भण्डारी र कोषाध्यक्षमा राधा पोखरेल चुनिएका छन् । गृह मन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको रायमा उक्त महासंघ स्थापित भएको हो ।

प्रदेश अध्यक्ष योङहाङले महासंघको प्रदेश १ अन्तर्गतका जिल्ला समितिहरु बिस्तार शुरु भएको बताए । प्रदेशभरका जिल्लाहरुमा महासंघ गठन शुरुगर्ने भन्दै उनले झापामा पहिलो जिल्ला समिति बनेको पनि जनाए । जिल्लापछि स्थानीय तहहरुमा पनि महासंघ बन्नेछ । कार्यक्रममा महासंघकी प्रदेश कोषाध्यक्ष रुपा सेलिङ लगायतको उपस्थिति रहेको थियो ।

कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा महासंघ स्थापित भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;