उपभोक्ता हित संरक्षण महासंघको झापा अध्यक्षमा दीपु चापागाई

 लिम्बुवान न्युज
                       

दमक, १४ पुस । नेपाली उपभोक्ता हित संरक्षण महासंघ (एफएनसिपि)को झापा जिल्ला समिति गठन भएको छ । दमकमा महासंघका प्रदेश अध्यक्ष नारायण योङहाङ र महासचिव बिष्णुप्रसाद पोखरेलको उपस्थितिमा महासंघको जिल्ला समिति गठन भएको हो ।

बुधबार उपभोक्ता अधिकारवादीहरुको भेलाले दीपु चापागाई (सन्दिप)को अध्यक्षतामा गठित समितिको समितिको उपाध्यक्ष शिवभक्त शाही, सचिवमा बिरोध सुवेदी, सह–सचिवमा सुरेन्द्र भण्डारी र कोषाध्यक्षमा राधा पोखरेल चुनिएका छन् । गृह मन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको रायमा उक्त महासंघ स्थापित भएको हो ।

प्रदेश अध्यक्ष योङहाङले महासंघको प्रदेश १ अन्तर्गतका जिल्ला समितिहरु बिस्तार शुरु भएको बताए । प्रदेशभरका जिल्लाहरुमा महासंघ गठन शुरुगर्ने भन्दै उनले झापामा पहिलो जिल्ला समिति बनेको पनि जनाए । जिल्लापछि स्थानीय तहहरुमा पनि महासंघ बन्नेछ । कार्यक्रममा महासंघकी प्रदेश कोषाध्यक्ष रुपा सेलिङ लगायतको उपस्थिति रहेको थियो ।

कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा महासंघ स्थापित भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...