संघीय मञ्च निर्वाचन आयोगमा नविकरण

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा पार्टी नविकरण गरेको छ । मञ्चको गत मंसिर २६ र २७ गते सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशन बारे सम्पूर्ण जानकारी सहित मञ्चले पार्टी नविकरण गरेको हो ।

मञ्चको संघीय कार्यालयले महाधिवेशनबाट निर्वाचित कार्य समिति र संसोधित विधान सहित पार्टी नविकरण गर्न आयोग पुगेको संघीय महासचिव शान्ता योङहाङले लिम्बुवान खबरलाई जनाएकी छन् । उनले पार्टीका संघीय अध्यक्ष कुमार लिङदेन मिराककाे उपस्थितिमा मञ्चकाे विभिन्न प्रान्तीय नेताहरूकाे उपस्थितिमा पार्टी नविकरण गर्न आयोग पुगेको बताइन् ।

२०६२ सालमा स्थापना भई २०६४ सालमा निर्वाचन आयोगमा दर्ता भई विभिन्न निर्वाचनमा भाग लिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एकमात्र संघीय संरचनाको पार्टी भएको मञ्चले सधै जिकीर गर्दै आइरहेको छ । देशलाई १०+१ प्रान्तीय संरचनामा लानु पर्छ भन्दै विगत १० बर्ष देखि निरन्तर आन्दोलनरत दल मञ्चले सो संरचनालाई विधानमा शक्तिशाली बनाएको छ ।

मञ्चले विधानमा संघीय कार्य समिति पछि प्रान्तीय मञ्चलाई शक्तिशाली बनाएको छ । प्रदेशलाई समन्वय परिषदको रुपमा राखेको छ भने जिल्ला, क्षेत्र र प्रदेश क्षेत्रलाई कार्यकारिणी अधिकार दिने समेत विधानमा उल्लेख गरेको छ ।

शुक्रबार बुझाइएको कार्य समितिमा ४४ सदस्यीय पदाधिकारी सहित कार्य समितिको नामावाली बुझाइएको महासचिव योङहाङले बताइन् । मञ्चको विधानमा संघीय समिति २९९ जनाको हुने उल्लेख गरेको मञ्चले कति सदस्यीय कार्य समिति आयोगमा बुझाईएको भने खुल्लाईएको छैन । यद्यपी आयोगमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान भएकोले महाधिवेशनमा महिलाहरुको नोमिनेशन न्यून भएको हुँदा पार्टीमा सहकस भएको समेत उनले भनिन् ।

समानुपातिक र समावेशीताको कुरा गर्ने पार्टी मञ्च मै महिलाहरु प्रति कतै अनुदार त भएको होइन भन्ने प्रश्नमा उनले भनिन् मञ्चले पार्टी स्थापनाकाल देखि नै समानुपातिक समावेशीताको कुरा उठाएको हुँदा महिलाहरु प्रति मञ्च कहिल्यै अनुदार हुन सक्दैन । पहिचान र सह–अस्तित्वको लडाईमा सबैको समानअधिकार हुने समेत उनले थपिन् ।

मञ्चलाई आयोगले दिएको समयसिमा पुषको १८ गतेसम्म रहेको हुँदा केही दिन देखि सम्पूर्ण डकुमेन्ट मिलाउन संघीय मञ्चका अध्यक्ष लिङदेन, संघीय महासचिव द्वय अशोक चेम्जोङ र योङहाङ, संघीय सचिवहरु चन्द्र कन्दङ्वा, दिलकुमार लावती, शेर्पा प्रान्त, तामाङसालिङ, दलित र खसानका नेताहरु सबै जुटेको संघीय अर्थ सचिव सुर्यमान आङबुङले जानकारी दिएका छन् ।

मञ्चका संघीय महासचिव चेम्जोङले आगामी माघ महिना देखि सबै प्रान्तहरुमा सासुअ (सांगठानिक सुदृणीकरण अभियान) संचालन गर्ने बताए । सांगठानिक स्कुल, प्रशिक्षण, दृष्टिकोण, १०+१ प्रान्तको अवधारण बारे जनताको घरघरमा पुगेर आगामी निर्वाचिन लक्षित कार्यक्रमहरु संचालन गर्ने बताएका छन् ।

मञ्च १६ बर्ष देखि निरन्तर राजनीतिक कृयाकलाप गर्दै अाइरहेकाे पार्टी हाे । हाल प्रदेश नं. १ मा थ्रेस हाेल्ट कटाउँदै १ प्रदेश सदस्य समानुपातिक सिट जितेकाे छ भने पाँचदलीय गठबन्धनमा सरकारमा समेत सहभागी भएकाे छ ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;