संघीय मञ्च निर्वाचन आयोगमा नविकरण

 लिम्बुवान न्युज
                       

काठमाडौं, १६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले निर्वाचन आयोगमा पार्टी नविकरण गरेको छ । मञ्चको गत मंसिर २६ र २७ गते सम्पन्न तेस्रो संघीय राष्ट्रिय महाधिवेशन बारे सम्पूर्ण जानकारी सहित मञ्चले पार्टी नविकरण गरेको हो ।

मञ्चको संघीय कार्यालयले महाधिवेशनबाट निर्वाचित कार्य समिति र संसोधित विधान सहित पार्टी नविकरण गर्न आयोग पुगेको संघीय महासचिव शान्ता योङहाङले लिम्बुवान खबरलाई जनाएकी छन् । उनले पार्टीका संघीय अध्यक्ष कुमार लिङदेन मिराककाे उपस्थितिमा मञ्चकाे विभिन्न प्रान्तीय नेताहरूकाे उपस्थितिमा पार्टी नविकरण गर्न आयोग पुगेको बताइन् ।

२०६२ सालमा स्थापना भई २०६४ सालमा निर्वाचन आयोगमा दर्ता भई विभिन्न निर्वाचनमा भाग लिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एकमात्र संघीय संरचनाको पार्टी भएको मञ्चले सधै जिकीर गर्दै आइरहेको छ । देशलाई १०+१ प्रान्तीय संरचनामा लानु पर्छ भन्दै विगत १० बर्ष देखि निरन्तर आन्दोलनरत दल मञ्चले सो संरचनालाई विधानमा शक्तिशाली बनाएको छ ।

मञ्चले विधानमा संघीय कार्य समिति पछि प्रान्तीय मञ्चलाई शक्तिशाली बनाएको छ । प्रदेशलाई समन्वय परिषदको रुपमा राखेको छ भने जिल्ला, क्षेत्र र प्रदेश क्षेत्रलाई कार्यकारिणी अधिकार दिने समेत विधानमा उल्लेख गरेको छ ।

शुक्रबार बुझाइएको कार्य समितिमा ४४ सदस्यीय पदाधिकारी सहित कार्य समितिको नामावाली बुझाइएको महासचिव योङहाङले बताइन् । मञ्चको विधानमा संघीय समिति २९९ जनाको हुने उल्लेख गरेको मञ्चले कति सदस्यीय कार्य समिति आयोगमा बुझाईएको भने खुल्लाईएको छैन । यद्यपी आयोगमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान भएकोले महाधिवेशनमा महिलाहरुको नोमिनेशन न्यून भएको हुँदा पार्टीमा सहकस भएको समेत उनले भनिन् ।

समानुपातिक र समावेशीताको कुरा गर्ने पार्टी मञ्च मै महिलाहरु प्रति कतै अनुदार त भएको होइन भन्ने प्रश्नमा उनले भनिन् मञ्चले पार्टी स्थापनाकाल देखि नै समानुपातिक समावेशीताको कुरा उठाएको हुँदा महिलाहरु प्रति मञ्च कहिल्यै अनुदार हुन सक्दैन । पहिचान र सह–अस्तित्वको लडाईमा सबैको समानअधिकार हुने समेत उनले थपिन् ।

मञ्चलाई आयोगले दिएको समयसिमा पुषको १८ गतेसम्म रहेको हुँदा केही दिन देखि सम्पूर्ण डकुमेन्ट मिलाउन संघीय मञ्चका अध्यक्ष लिङदेन, संघीय महासचिव द्वय अशोक चेम्जोङ र योङहाङ, संघीय सचिवहरु चन्द्र कन्दङ्वा, दिलकुमार लावती, शेर्पा प्रान्त, तामाङसालिङ, दलित र खसानका नेताहरु सबै जुटेको संघीय अर्थ सचिव सुर्यमान आङबुङले जानकारी दिएका छन् ।

मञ्चका संघीय महासचिव चेम्जोङले आगामी माघ महिना देखि सबै प्रान्तहरुमा सासुअ (सांगठानिक सुदृणीकरण अभियान) संचालन गर्ने बताए । सांगठानिक स्कुल, प्रशिक्षण, दृष्टिकोण, १०+१ प्रान्तको अवधारण बारे जनताको घरघरमा पुगेर आगामी निर्वाचिन लक्षित कार्यक्रमहरु संचालन गर्ने बताएका छन् ।

मञ्च १६ बर्ष देखि निरन्तर राजनीतिक कृयाकलाप गर्दै अाइरहेकाे पार्टी हाे । हाल प्रदेश नं. १ मा थ्रेस हाेल्ट कटाउँदै १ प्रदेश सदस्य समानुपातिक सिट जितेकाे छ भने पाँचदलीय गठबन्धनमा सरकारमा समेत सहभागी भएकाे छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...