लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर कतार  संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो ।

कतारमा नेपाली समुदायविच सामाजिक कार्यमा अग्रसर भुमिका निर्वाह गरि रहेको संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान सामाजिक मञ्च कतारले कतारमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ आयोजित रक्तदान कार्यक्रमा ६७ जनाले रक्तदानका लागि परिक्षण गरेका थिए भने ५७ जनाले रक्तदान गरेका थिए ।

उपचारका क्रममा रहेका विमारीहरुले रगत अभावका कारण अकालमा ज्यान गुमाउनु नपरोस भन्ने नितान्त मानविय सेवाका लागि थोरै भएपनि सेवा प्रवाह होस् भनेर सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रमको आयोजना गरेको बरिष्ठ उपाध्यक्ष डम्बर लिङखमिले लिम्बुवानखबरलाई जनाएको छ ।

रक्तदान जस्तो मानविय कार्यमा सरिक भई सहयोग पु¥याउनुहुने सहभागी महानुभाव, संघसंस्था प्रति आभार व्यक्त गर्दै आगामि दिनहरुमा पनि मञ्च कतारद्धारा आयोजना गरिने यस्ता सामाजिक एवं मानविय कार्यमा निरन्तर सहयोग पु¥याई रहने समाजकी अध्यक्ष रेखा राईले बताइन् ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...