संघीय दलितको बेलबारीमा नगर समिति गठन

 लिम्बुवान न्युज
                       

बेलबारी, १७ पुष । संघीय दलित मुक्ति मञ्चको बेलाबारी नगर समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको दलित मञ्च बेलबारी नगर अध्यक्षमा विरबहादुर विश्वकर्मा चयन भएका छन् ।

शनिबार बेलबारीमा आयोजित कार्यक्रमले समिति गठन गरेको हो । कार्यक्रम दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाको प्रमुख आतिथ्यता एवम् लिम्बुवान मञ्चका सचिव दिलु लिङदेनको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

लिम्बुवान मञ्च बेलबारी नगर कार्य समिति अध्यक्ष जेबिन हुक्पा चोङबाङको अध्यक्षता भएको कार्यक्रममा लिम्बुवान पहिचान सदस्य बम बहादुर मेन्याङबो, दलित मुक्ति मञ्च अर्थसचिव भोलाराम गजमेर, केस श्री कुमार शंकर, लिम्बुवान मोरङ जिल्ला अध्यक्ष श्री जीवन खेवा लगायतको उपस्थिति रहेको थियो ।

आज आयोजित कार्यक्रमले समितिको उपाध्यक्षमा पार्वती लाम्धारी, सचिवमा जगदिश परियार, सहसचिवमा कल्पना कालिकोटे, कोषाध्यक्षमा मञ्जु मगराती चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जमुना बि.क., गंगा बि.क., यामकुमारी शंकर, ममता भुषाल, गोपाल ऋषिदेव, शुक्रबहादुर परियार, कुमारी बि.क. र अजय नेपाली रहेका छन् ।

कार्यक्रमको सहजिकरण लिम्बुवान मोरङ जिल्ला सचिव बरुण लाबुङले गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...