
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा जिल्लाहरुको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशन गर्न लागेका हुन् ।
एमालेले स्थगित गरिएका जिल्ला अधिवेशन पछि गरिने जनाएको छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन गरिने प्रचारप्रसार विभागले जनाएको छ ।
एमालेले सबै जिल्लाहरुमा अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला–जिल्लामा केही दिनदेखि नै खटिन थालेको समेत एमाले स्रोतले जनाएको छ ।
यसअघि नेकपा एमालेले सबै पालिकाको अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो त्यसैगरी सबै जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने पनि एमालेले जनाएको छ । एमालेले प्रदेश अधिवेशन माघ ८ गते तय गरेको स्रोतले बताएको छ ।