राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा दमकका बस्नेतले गरे पदबहाली

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २३ पुष । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा झापा दमकका सुरेन्द्र बस्नेतले पदबहाली गरेका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् ।

सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने बताएका छन् ।

नेकपा माओवादी विद्यार्थी संगठनका नेता बस्नेतलाई बुधबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय युवा परिषद ऐन, २०७२ वमोजिम कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...