दमकमा प्रदेशमै पहिलो पटक एडभेन्च्यर इक्युप्मेन्ट सुरु

 लिम्बुवान न्युज
                       

झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट सञ्चालनमा आएको छ ।

झापाकाे दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लि. भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजारसम्मको विभिन्न ब्राण्डका साइकलहरुका साथै साइकिलिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु समेत पाइन्छ ।

व्यवसाय भन्दा पनि स्वास्थ्यलाई लक्षित गरि दमक झापामा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरु जुत्ता, झोला, लत्ता कपडा सिलपिङ ब्याग, हाइकिङ स्टिक, टेन्टलगायतका सामग्रीहरु उपलब्ध रहेको छ ।

कतै घुम्न जादा फोहोर देखिएमा त्यसलाई कसरी सफा गर्न सकिन्छ भन्ने कुराहरुमा पनि सुझाव दिने गरि सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका विसनदिप राईले बताए ।

जस्तो कतै घुम्न जादा एउटा चकलेटको खोल एक जनाले टिपेर डिस्पोज गर्छ भने त्यहाँ एक सय जना घुम्न जादा एक सय वटा चकलेटको खोल सफा गर्न सक्ने वातारवण पनि घुम्न सकिने राईले बताए ।

उद्घाटनकाे पहिलाे दिन उपस्थित मध्येका लक्कि ड्र मार्फत उपहारकाे पनि व्यवस्था गरिएकाे थियाे । जसमा दमकका मिलन राईले उपहार प्राप्त गरेका थिए ।

करिव २५ लाख लगानिमा इक्युप्मेन्ट विसनदिप राई र अविन राईले सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...