जोर्डनमा तामाङसालिङ मञ्च गठन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ प्रान्तीय मञ्च अन्तर्गत संघीय तामाङसालिङ सामाजिक मञ्च जोर्डन गठन भएको छ । आज सम्पन्न एक कार्यक्रममा आशा दोङ तामाङकाे अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा अभिषेक तामाङ्, पासाङ तामाङ, निमा लामा, महासचिवमा सुमन तामाङ घिसिङ, उपमहासचिव माया तामाङ, र सचिवमा अनुसा तामाङ् चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा युकेश तामाङ, वीरबहादुर तामाङ गोले, रुजी लामा, सुशिल योञ्जन, लोप्सङ थुप्तेन, माया शेर्पा, मिलन तामाङ बोम्जन, साईला तामाङ्, अनिल तामाङ् बोम्जन, जेसुम माया तामाङ्, अनिता तामाङ् र जुनु तामाङ् चयन भएका छन् ।

तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाका अनुसार अब अन्य प्रवासहरुमा पनि निरन्तर गठन गर्ने बताए । तामाङसालिङ् स्वायत्तता प्राप्तिको लागि प्रवासमा रहेकाहरुसँग जोडिन पनि प्रवासमा समिति गठन गरिएको उनले बताए ।

 

सम्बन्धित समाचार

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

;