फेदापमा करेन्ट लागेर प्रधानाध्यापकको निधन

 लिम्बुवान न्युज
                       

तेह्रथुम, २६ पुष । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज करेन्ट लाग्दा फेदाप १ स्थित महाभीरका ५२ वर्षीय अम्बरबहादुर बस्नेतको मृत्यु भएको हो ।

मृतक बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप १ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...