सिक्किमका रमणिय स्थलहरुमा ‘सिरिजङ्गा तङनाम’ लिम्बु पालामको भिडियो छायाँकन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २८ पुष । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो ।

बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायांकन रहेको पालामलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

ओपेरा इन्टरटेन्मेन्ट युटुव च्यानलद्वारा सार्वजनिक हुने भिडियोमा मोनि कुमार ताम्लिङ, जीतु मुरिङ्ला, सोना सावदेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या, गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्दाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्गसिङ इजम, टिबि लिम्बू, एल सुब्बा, मनमाया सावदेन, आइतहाङ पाराङ्देन, सुचिता मुरिङ्ला, सुकमाया माङ्मु, सुनुहाङ्मा लिबाङ, सुकुम यङ्वागो, कविता यङ्वागो, सचिका यङ्वागु, आइतरानी यङ्वागु, पुर्णिमा यङ्वागु, बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम, केस लिम्बू, मंगल लिम्बु लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;