प्रदेश १ सरकारद्वारा सत्तारुढ दललाई भाग पुरयाउन मन्त्रालय फुटाउने तयारी

 लिम्बुवान न्युज
                       

विराटनगर, २८ पुष । प्रदेश १ कामा सत्तारुढ दलहरुलाई भाग पुरयाउन मन्त्रालय फुटाएर १२ वटा बनाइने जनाइएको छ ।

प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । अब तीनवटा मन्त्रालय फुटाएर १२ बनाउने मुख्यमन्त्री राजेन्द्र राईको तयारी रहेको बताइएको छ । सत्तारुढ दलका आकांक्षीहरुको व्यवस्थापनका लागि राज्यमन्त्रीहरु पनि राख्दा मन्त्रिपरिषदको सदस्य संख्या १६/१८ पुग्ने नेताहरु बताउँछन् ।

१६ कात्तिकमा मुख्यमन्त्री बनेका राई नेतृत्वको प्रदेश सरकारमा हाल नेपाली कांग्रेसबाट दुई तथा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री छन् । कांग्रेसका केदारबहादुर कार्की आन्तरिक मामिला तथा कानून र हिमाल कार्की भौतिक पूर्वाधार विकासमन्त्री छन् भने माओवादी केन्द्रका इन्द्र आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

जनता समाजवादी पार्टीका जयराम यादव सामाजिक विकासमन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री छिन् ।

अब उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी गरी दुई मन्त्रालय मात्र खाली छ । जबकी सत्तारुढ दलहरुबीच भएको भागवण्डाअनुसार कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ मन्त्रालय पाउनै बाँकी छ । यो भागवण्डाअनुसार दलहरुलाई भाग पु¥याउन सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

मन्त्रालय विभाजन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलका संयोजक एवं आर्थिक मामिलामन्त्री आङ्बोले प्रदेशको आवश्कताका आधारमा मन्त्रालय विस्तार गरिने बताए । नेताहरुले भने कार्यदलकै सिफारिसका आधारमा मन्त्रालय संख्या बढाएर मुख्यमन्त्रीको कार्यालयसहित १२ पु¥याउने सहमति भएको बताएका छन् ।

सत्तारुढ दलका नेताहरुले मन्त्रिपरिषद् विस्तारका लागि अझै केही दिन बताएका छन् । १२ माघमा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनले प्रदेश १ तर्फका तीन सिटमा साझा उम्मेदवार तय गरेका छन् । तर प्रमुख विपक्षी एमालेसँग गठबन्धनको मतभार निकै कम अन्तरले मात्र बढी छ ।

तत्काल मन्त्रिपरिषद् विस्तार गर्दा राष्ट्रिय सभा निर्वाचनमा असर गर्ने सम्भवना रहेको सत्तारुढ दलका तेताहरु बताउँछन् । त्यसैले राष्ट्रियसभा निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । कांग्रेस, संसदीय दलका नेता राजीव कोइरालाले पनि मन्त्रिपरिषद् विस्तार राष्ट्रियसभा निर्वाचनपछि नै हुने बताउँछन् । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...