दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

,   लिम्बुवान न्युज
                       

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान हुने गरि बन्द गर्ने निर्णय गरेसंगै नगरपालिकाले पनि नगर भित्रका विद्यालयलाई निर्णय कार्यान्वयन गर्न भनेको हो ।

बुधबार नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले विज्ञप्ति जारी गरि पुस २७ गतेदेखि माघ १५ गतेसम्म नगर भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई भौतिक रुपमा उपस्थिति गराएर पठनपाठन गर्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले जारी गरेको पत्रमा शिक्षण सिकाई सहजीकरण निर्देशका २०७७ को व्यवस्था मिलाई बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिन निर्देशन गरिएको उल्लेख छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;