मिलन लिम्बु लिम्बुवान मञ्चको लेटाङ १ धनबारे टोल संयोजकमा मनोनित

 लिम्बुवान न्युज
                       

लेटाङ, २८ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ नगर समितिको पहलमा वडा नं. १ धनबारे टोलमा मिलन लिम्बुको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ ।

मञ्चका मोरङ अध्यक्ष जीवन खेवा लिम्बुको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तदर्थ समिति गठन भएको हो । तदर्थ समितिको सदस्यहरुमा मणि लिम्बु, आईत लिम्बु, कविन्द्र लिम्बु, विक्रम लिम्बु, सन्तोष लिम्बु, पावल लिम्बु, बुद्ध लिम्बु, प्रेम खजुम लिम्बु, भक्त बहादुर लिम्बु, भिम बहादुर लिम्बु, कृष्ण बहादुर लिम्बु, जितेन्द्र लिम्बु, लाख बहादुर लिम्बु, शान्ती राम लिम्बु, दिलमाया लिम्बु, धनमाया लिम्बु, इन्द्र माया लिम्बु, दिल कुमार लिम्बु, सुरेन्द्र लिम्बु र मेष माया लिम्बु रहेका छन् ।

कार्यक्रम लेटाङ नगर अध्यक्ष किशोर राईको अध्यक्षतामा भएको थियो । त्यसैगरी नगर उपाध्यक्ष भवानी माखिम, दिनेश लिङदम त्यसैगरी सदस्यहरु भिम मिभक, चन्द्र लिङ्दम र मिलन लिम्बुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम नगर सचिव राम माखिमले संचालन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लगायत पार्टीहरूबाट २० जना युवाहरू पार्टी प्रवेश गरेकाे नगर अध्यक्ष राइले बताएका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...