फोनिज १ नम्बर प्रादेशिक समिति अध्यक्षमा सन्तवीर लामा

 लिम्बुवान न्युज
                       

पथरी, २९ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी प्रेम देवानले पाएका छन् ।

यसरी नै कार्यसमिति सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन् । त्यस्तै खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।

लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहश्रमा दिपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन् ।

मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट एक सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महाधिवेशनले ११ बुँदे समसामयिक ‘पथरी घोषणापत्र’ पारित गरेको छ । महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ राख्न माग गरेको छ । कार्यक्रममा प्रदेश समितिद्वारा प्रकाशित ‘अग्रगामी कदम’ मुखपत्रको लोकर्पण गरिएको थियो ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...

महासंघ झापाको ३७औं स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

ललितपुर, ११ पुष । नेपाल पत्रकार महासंघ झापा शाखाको ३७औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान र कार्यालयमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । हाल झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो...