३ वडाध्यक्ष सहित १६ जनप्रतिनिधि रेशम चौधरीको नयाँ पार्टीमा आबद्ध

,   लिम्बुवान न्युज
                       

कैलाली, २९ पुष । कैलाली जिल्ला टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका छन् । टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिदैं आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दलमा आबद्ध रहेको खुलासा गरेका हुन् ।

विज्ञप्ति मार्फत टीकापुर ३ का वडाध्यक्ष रामसेवक महतो, ४ का वडाध्यक्ष लालवीर चौधरी, ५ का वडाध्यक्ष रामशंकर डगौरा थारु र कार्यपालिका सदस्य रमेश विकले नयाँ पार्टी रोजेको जनाएका छन् ।

त्यसरी नै वडा २ का सदस्य चक्र चौधरी, वडा ३ का सदस्य विना चौधरी र भागीदेवी कामी, वडा ४ का सदस्य तुल्सा विक, रुपमति द. थारु, सदस्य कन्हैया चौधरी, आशा थारु, सरिता भूल र प्रेमलाल चौधरी, वडा ५ का वडासदस्य वलिराम चौधरी, वडा ६ का वडा सदस्य जमुना चौधरी र रामशंकर चौधरीले पनि आफूहरुले कांग्रेस परित्याग गरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको संयुक्त विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।

कांग्रेसले पुष २४ गते उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भए नभएको लिखित स्पष्टीकरण माग गरेको थियो । लिखित जवाफ माग भएपनि आफूहरुले एक कार्यक्रमबीच सार्वजनिक गर्दै आफूहरु कांग्रेस परित्याग गरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

रेशम चौधरीले श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाई गत पुष २० गते नयाँ दल दर्ता गरी विभिन्न जिल्लामा संगठन विस्तार गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;