दमक र लेटाङमा लिम्बुवान मञ्चका नेताहरुलाई प्रशिक्षण

,   लिम्बुवान न्युज
                       

दमक, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्चको झापाको दमक र मोरङको लेटाङमा एकदिन नगरस्तरीय नेताहरुलाई राजनैतिक प्रशिक्षण दिइएको छ । दमकमा मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बा र सचिव मोहन बेघा नाम्साले प्रशिक्षण दिएका छन् ।

यसरी नै लेटाङ नगर समितिको आयोजनामा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा मञ्चका संघीय सह–सचिव चौकीदार तामाङ्ले नगर स्तरका नेताहरुलाई पार्टीको कार्यदिशा र अवधारणा बारे प्रशिक्षण दिएका छन् ।

नेतृत्व विकास बारे मुख्य लक्ष्यका साथ लिम्बुवानले नौ वटै जिल्लाहरुमा प्रशिक्षण र सिसिओ अभियान संचालन गर्ने तयारी गरिरहेका अवस्थामा बिहीबार देखि जिल्लाका स्थानीय तहहरुले प्रशिक्षण कार्यक्रमहरु शुरु गरेको हो ।

दमकमा नगरका सबै नेताहरु र वडाध्यक्षहरुलाई प्रशिक्षणमा सहभागी गराएको नगर अध्यक्ष याम लिम्बुले बताए । प्रशिक्षणले नेताहरुमा थप नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धि हुने हेतुले यस्तो कार्यक्रम अपरिहार्य रहेको उनले बताए । कार्यक्रममा नगर समिति र वार्डका पचास नेताहरुले राजनैतिक प्रशिक्षण लिएको उनले बताए ।

यसरी नै लेटाङको प्रशिक्षणमा प्रान्तीय सचिवालय सदस्य ललित सुब्बा (फक्ताङलुङफोब्बा) र जिल्ला अध्यक्ष जिवन खेवाले समेत सहजीकरण गरेका छन् । कार्यक्रममा नगरका ३५ जना नेताहरुले प्रशिक्षण लिएका छन् ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;