दमक र लेटाङमा लिम्बुवान मञ्चका नेताहरुलाई प्रशिक्षण

 लिम्बुवान न्युज
                       

दमक, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्चको झापाको दमक र मोरङको लेटाङमा एकदिन नगरस्तरीय नेताहरुलाई राजनैतिक प्रशिक्षण दिइएको छ । दमकमा मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बा र सचिव मोहन बेघा नाम्साले प्रशिक्षण दिएका छन् ।

यसरी नै लेटाङ नगर समितिको आयोजनामा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा मञ्चका संघीय सह–सचिव चौकीदार तामाङ्ले नगर स्तरका नेताहरुलाई पार्टीको कार्यदिशा र अवधारणा बारे प्रशिक्षण दिएका छन् ।

नेतृत्व विकास बारे मुख्य लक्ष्यका साथ लिम्बुवानले नौ वटै जिल्लाहरुमा प्रशिक्षण र सिसिओ अभियान संचालन गर्ने तयारी गरिरहेका अवस्थामा बिहीबार देखि जिल्लाका स्थानीय तहहरुले प्रशिक्षण कार्यक्रमहरु शुरु गरेको हो ।

दमकमा नगरका सबै नेताहरु र वडाध्यक्षहरुलाई प्रशिक्षणमा सहभागी गराएको नगर अध्यक्ष याम लिम्बुले बताए । प्रशिक्षणले नेताहरुमा थप नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धि हुने हेतुले यस्तो कार्यक्रम अपरिहार्य रहेको उनले बताए । कार्यक्रममा नगर समिति र वार्डका पचास नेताहरुले राजनैतिक प्रशिक्षण लिएको उनले बताए ।

यसरी नै लेटाङको प्रशिक्षणमा प्रान्तीय सचिवालय सदस्य ललित सुब्बा (फक्ताङलुङफोब्बा) र जिल्ला अध्यक्ष जिवन खेवाले समेत सहजीकरण गरेका छन् । कार्यक्रममा नगरका ३५ जना नेताहरुले प्रशिक्षण लिएका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...