प्रदेश १ का प्रमुख खापुङद्वारा शुभकामना

 लिम्बुवान न्युज
                       

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त भएको छ ।

थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्फेक्वा तङ्नाम, मगर, छन्त्याल तथा खस ब्राम्हण समुदायले मान्ने माघे संक्रान्तिको शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ –“प्रकृतिसँग अभिन्न नाता गाँसिएको नेपालमा विभिन्न बद्लिरहने मौसमसँगै चाडपर्वहरू पनि पर्ने गर्दछन् । र, यसलाई हामीले मनाउँदै आएका छौं । प्रकृतिकै सेरोफेरोमा मनाइने चाड माघे संक्रान्तिको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

माघे संक्रान्तिलाई मानिसले सामाजिक तथा कृषिजीवनमा प्रवेश गर्दादेखिको चाड भएको बताउनुभएको छ । सामाजिक तथा कृषिजीवनमा प्रवेश गरेसँगै जमिनमा उब्जने अन्नबाली, फलफलेदोलाई प्रकृतिलाई नै चढाउनेदेखि बालीनाली लगाउँदा, थन्क्याउँदा पनि उत्सव मनाउने गरेको उहाँको भनाई छ ।

त्यसैगरी यस चाडले नेपाली सहिष्णुतालाई जोड्ने गरेको, भइपरी आउँदा तरुल, भ्याकुर खाएर पनि बाँच्नुपर्छ भन्ने सामाजिक सन्देश दिएको कुरालाई आफ्नो शुभकामना पत्रमा जनाउनुभएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...