लिम्बुवानद्वारा पान्थरबाट निर्वाचित नेताहरुलाई सम्मान कार्यक्रम

 लिम्बुवान न्युज
                       

फेदेन, लिख संवादाता । संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला समिति पान्थरले सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार फेदेनस्थत उद्योग वाणिज्यसंघको सभाहलमा मञ्चका संघीय उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चको प्रान्तीय उपाध्यक्षमा निर्वाचित राम कुमार लिङ्देन, उपमहासचिव लावाहाङ चेम्जोङ्, प्रेमपुत्र लावती, प्रान्तीय सचिव सुनिता केरुङ्, संघीय सहसचिव सागर केरुङ्, सचिवालय सदस्य संगम खनाल, सुखबहादुर थेगिम, ज्ञानेन्द्र माखिम, प्रान्तीय सचिवालय सदस्यहरु भक्ति प्रसाद नेम्बाङ्, दिलप्रसाद नेम्बाङ, जसबहादुर योङहाङ्, देउकुमार नेम्बाङ् लगायत संघीय सदस्य र प्रान्तीय सदस्यहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फेले प्रदेश सरकारले कोभिड संक्रमणका कारण बार्षिक नीति तथा कार्यक्रमहरु सोचे अनुरुप गर्न नसकेको बताउँनु हुँदै प्रदेश नं. १ को नामाकरण कुनै पनि हालतमा लिम्बुवान किरात खम्बुवान हुनु पर्नेमा जोड दिएका थिए । पहिचानको आधारमा प्रदेशको नामकरण नभएमा पार्टीले बृहत आन्दोलनको तयारी समेत गर्नुपर्ने उनले बताएकि छन् । पाँचथरका सबै नव निर्वाचित नेताज्यूहरुलाई बधाई दिर्दै पार्टीलाई गाउँ गाउँ टोल टोलमा पु¥याउन आग्रह गरेकि छन् ।

कार्यक्रममा नव निर्वाचित नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम जिल्ला सचिव डिल्ली लावतीले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...