लिम्बुवानद्वारा पान्थरबाट निर्वाचित नेताहरुलाई सम्मान कार्यक्रम

 लिम्बुवान न्युज
                       

फेदेन, लिख संवादाता । संघीय लिम्बुवान प्रान्तीय मञ्च जिल्ला समिति पान्थरले सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार फेदेनस्थत उद्योग वाणिज्यसंघको सभाहलमा मञ्चका संघीय उपाध्यक्ष तथा प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चको प्रान्तीय उपाध्यक्षमा निर्वाचित राम कुमार लिङ्देन, उपमहासचिव लावाहाङ चेम्जोङ्, प्रेमपुत्र लावती, प्रान्तीय सचिव सुनिता केरुङ्, संघीय सहसचिव सागर केरुङ्, सचिवालय सदस्य संगम खनाल, सुखबहादुर थेगिम, ज्ञानेन्द्र माखिम, प्रान्तीय सचिवालय सदस्यहरु भक्ति प्रसाद नेम्बाङ्, दिलप्रसाद नेम्बाङ, जसबहादुर योङहाङ्, देउकुमार नेम्बाङ् लगायत संघीय सदस्य र प्रान्तीय सदस्यहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाम्फेले प्रदेश सरकारले कोभिड संक्रमणका कारण बार्षिक नीति तथा कार्यक्रमहरु सोचे अनुरुप गर्न नसकेको बताउँनु हुँदै प्रदेश नं. १ को नामाकरण कुनै पनि हालतमा लिम्बुवान किरात खम्बुवान हुनु पर्नेमा जोड दिएका थिए । पहिचानको आधारमा प्रदेशको नामकरण नभएमा पार्टीले बृहत आन्दोलनको तयारी समेत गर्नुपर्ने उनले बताएकि छन् । पाँचथरका सबै नव निर्वाचित नेताज्यूहरुलाई बधाई दिर्दै पार्टीलाई गाउँ गाउँ टोल टोलमा पु¥याउन आग्रह गरेकि छन् ।

कार्यक्रममा नव निर्वाचित नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम जिल्ला सचिव डिल्ली लावतीले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...