पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

सेसेहाङ चोङबाङ, तेह्रथुम ।

फेदाप, १ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएके छ । फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको हो ।

१८ थरी लिम्बुहरुले आफ्नो उद्गम भुमी माङ्गेन्ना यक पोक्लाबाङलाई मान्ने गरेका छन् । फेदाप पोक्लाबाङ एक ऐतिहासिक स्थल पनि हो । यस संस्था गत बर्षको फागुन २५ र २६ गते पोक्लाबाङ भेलाले स्थापना गरि २०७८ साउन ११ गते जिल्ला प्रसासन कार्यालय तेह्रथुममा बिधिगत दर्ता सम्पन्न गरिएको थियो ।

साधारणसभा सभाको उद्घाटन कार्यक्रम सुरु हुनु पुर्व बिहान माङ्गेन्ना यकमा १८ थरी सयङहरुको सामुहिक माङहुक्वा वादेम्मा कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि फेदाप गाउँपालिका अध्यक्ष हरि प्रसाद हुक्पाचोङबाङले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चोङबाङले यश संस्थाको उन्नति र बिकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भएको थियो । उहाँले फेदाप बिकासको लागि यस संस्था र फेदाप सरकारले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा फेदाप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराई, हुक्पाचोङबाङ कल्याण संघका सचिब देवराज हुक्पाचोङबाङ, निङ्लेकु उत्थान संघका प्रतिनिधि नन्द प्रसाद निङ्लेकु, आङ्बुङ समाजका अध्यक्ष धन सुन्दर आङ्बुङ, सिङ्गक समाज नेपालका नर बहादुर सिङगक, याक्थुङ पङ्धाक संघका लोकमान पंधाक, याक्थुङ तेयुङ संजुम्भोका कृष्ण तेयुङ, हुक्पामादेम्बा समाजका अध्यक्ष चन्द्र बहादुर मादेम्बा, याक्थुङ खापुङहाङ संजुम्भोका इन्द्र बहादुर खापुङ लुम्फुङ्वा कल्याणकारी संघका राज्य प्रसाद लुम्फुङवा, पाहिम जागरण समाजका लोकमान पाहिम सम्बाहाङ्फे उत्थान संघका लोक ब सम्बाहाङ्फे र मुसाहाङ समाजका डिल्लीस्वर मुसाहाङले आ–आफ्नो धारणा राखेका थिए ।

साधारणसभाले १८ बुँदे कार्यपत्र समेत पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका महासचिव टेक बहादुर खापुङले संचालन गरेका थिए । भने स्वागत मन्तव्य राजकुमारी सिङ्गकले राखेकि थिइन् ।

कार्यक्रममा लिम्बुहरुको महान चार्ड कक्फेक्वा तङनाम तथा येले तङ्बे ५०८२ को शुभकामना आदानप्रदान कार्यक्रम समेत सहभागीहरुबिच भएको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...