पहिचानको आधारमा प्रदेश २ को नाम ‘मधेस’ नामकरण

 लिम्बुवान न्युज
                       

प्रदेश नंं. २ काे प्रदेश सभा भवन

लिम्बुवानखबर, ३ माघ । नेपालको इतिहासमा लामो आन्दोलनको जगमा उभिएको प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पास गरेको हो ।

सोमबार बसेको दोस्रो बैठकमा ९९ सांसद सहभागी भएका थिए, सो बैठकमा भएको मतदान अनुसार ८० जनाले मधेसको पक्षमा मत दिएका थिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।

जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद र १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । त्यसैगरी अन्य दलका १६ सांसदले पनि प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जनाएका छन् । ७ प्रदेश मध्ये प्रदेश २ र १ को मात्र नामकरण हुन बाँकी रहेको बेला पहिचानको आधारमा पहिलो प्रदेश नामकरण हुन सफल भएकोमा मधेस प्रदेशको पक्षमा मतदान गर्नुहुने सम्पूर्णमा पहिचान पक्षधरहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

अन्य नामहरुमा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए । ति सबै नामहरु स्वगत निष्किृय भएका छन् ।

यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन । दोस्रो पटक नामकरण राख्न प्रदेश नं. २ सफल भएको छ । अब प्रदेश नं. १ को मात्र नामकरण हुन बाँकी रहेको छ । यस अघि नै अन्य पाँच वटा प्रदेशहरुको नामकरण भईसकेको छ ।

मधेसकाे राजधानी जनकपुर 

सोमबार नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो त्यसमध्ये जनकपुरलाई दुई तिहाइ बहुमत मतले पारित गरेको हो ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...