पहिचानको आधारमा प्रदेश २ को नाम ‘मधेस’ नामकरण

,   लिम्बुवान न्युज
                       

प्रदेश नंं. २ काे प्रदेश सभा भवन

लिम्बुवानखबर, ३ माघ । नेपालको इतिहासमा लामो आन्दोलनको जगमा उभिएको प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पास गरेको हो ।

सोमबार बसेको दोस्रो बैठकमा ९९ सांसद सहभागी भएका थिए, सो बैठकमा भएको मतदान अनुसार ८० जनाले मधेसको पक्षमा मत दिएका थिए ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए ।

जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद र १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । त्यसैगरी अन्य दलका १६ सांसदले पनि प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जनाएका छन् । ७ प्रदेश मध्ये प्रदेश २ र १ को मात्र नामकरण हुन बाँकी रहेको बेला पहिचानको आधारमा पहिलो प्रदेश नामकरण हुन सफल भएकोमा मधेस प्रदेशको पक्षमा मतदान गर्नुहुने सम्पूर्णमा पहिचान पक्षधरहरुले धन्यवाद ज्ञापन गरेका छन् ।

अन्य नामहरुमा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए । ति सबै नामहरु स्वगत निष्किृय भएका छन् ।

यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन । दोस्रो पटक नामकरण राख्न प्रदेश नं. २ सफल भएको छ । अब प्रदेश नं. १ को मात्र नामकरण हुन बाँकी रहेको छ । यस अघि नै अन्य पाँच वटा प्रदेशहरुको नामकरण भईसकेको छ ।

मधेसकाे राजधानी जनकपुर 

सोमबार नै प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो त्यसमध्ये जनकपुरलाई दुई तिहाइ बहुमत मतले पारित गरेको हो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;