लिम्बुवान महिला मञ्च झापा अध्यक्षमा अमृता थाम्सुहाङ्

 लिम्बुवान न्युज
                       

विर्तामोड, ३ माघ । संघीय लिम्बुवान महिला मञ्च झापा जिल्ला अध्यक्षमा अमृता थाम्सुहाङ् चयन भएकी छन् । आइतबार झापा विर्तामोडमा आयोजित महिला मञ्चको कार्यक्रमले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

जनवर्गीय संगठन विभाग तथा लिम्बुवान महिला मञ्चका अध्यक्ष इन्दीरा मेन्याङ्बोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष ज्ञान बहादुर इम्बुङ्को प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा थाम्सुहाङकाे अध्यक्षतासँगै उपाध्यक्षहरुमा कृष्णमाया तामाङ, रनमाया नाल्बो, सञ्जु इधिङ्गो लावती र बविता चेम्जोङ कोइवा चयन भएका छन् । सचिवमा सरिता बराल, सह–सचिवहरुमा पूर्णिमा पन्धाक, शर्मिला तामाङ र सुमन वेघा त्यसैगरी अर्थसचिवमा मिनु लावती मावोलाई जिम्मेवारी दिइएको थियो ।

यसैगरी सदस्यहरुमा श्रृजना पौडेल, पूर्णिमा फेम्सङ लिम्बु, बविता लिम्बु, मञ्जु योङहाङ, दिव्यकला थेवे, चन्द्रमाया लिम्बु, सुस्मिता इङनाम, बविता लिङदेन, रेश्मा चोङबाङ, तारा राई, श्रृष्टी लिम्बु,, गंगा मेन्याङ्बो, सलिना कन्दङ्वा, रोश्नी लिम्बु, तान्छोना लिम्बु, रेखा चौधरी, कविता चौधरी, विमला चौधरी, मञ्जरा राई, सरस्वती लिम्बु, सकुन तुम्रोक, कमला लङ्वा र मञ्जु योङहाङ रहेका छन् ।

कार्यक्रममा लिम्बुवान प्रान्तीय उपाध्यक्ष विष्णु भट्टराई, प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, लिम्बुवान प्रान्तीय सचिवहरु दिलु लिङ्देन, धनबहादुर पन्धाक र मोहन मावो लगायत संघ र प्रान्तका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण महिला नेत्री भट्टराईले गरेकी थिइन् ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...