लिम्बुवान महिला मञ्च झापा अध्यक्षमा अमृता थाम्सुहाङ्

 लिम्बुवान न्युज
                       

विर्तामोड, ३ माघ । संघीय लिम्बुवान महिला मञ्च झापा जिल्ला अध्यक्षमा अमृता थाम्सुहाङ् चयन भएकी छन् । आइतबार झापा विर्तामोडमा आयोजित महिला मञ्चको कार्यक्रमले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

जनवर्गीय संगठन विभाग तथा लिम्बुवान महिला मञ्चका अध्यक्ष इन्दीरा मेन्याङ्बोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष ज्ञान बहादुर इम्बुङ्को प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा थाम्सुहाङकाे अध्यक्षतासँगै उपाध्यक्षहरुमा कृष्णमाया तामाङ, रनमाया नाल्बो, सञ्जु इधिङ्गो लावती र बविता चेम्जोङ कोइवा चयन भएका छन् । सचिवमा सरिता बराल, सह–सचिवहरुमा पूर्णिमा पन्धाक, शर्मिला तामाङ र सुमन वेघा त्यसैगरी अर्थसचिवमा मिनु लावती मावोलाई जिम्मेवारी दिइएको थियो ।

यसैगरी सदस्यहरुमा श्रृजना पौडेल, पूर्णिमा फेम्सङ लिम्बु, बविता लिम्बु, मञ्जु योङहाङ, दिव्यकला थेवे, चन्द्रमाया लिम्बु, सुस्मिता इङनाम, बविता लिङदेन, रेश्मा चोङबाङ, तारा राई, श्रृष्टी लिम्बु,, गंगा मेन्याङ्बो, सलिना कन्दङ्वा, रोश्नी लिम्बु, तान्छोना लिम्बु, रेखा चौधरी, कविता चौधरी, विमला चौधरी, मञ्जरा राई, सरस्वती लिम्बु, सकुन तुम्रोक, कमला लङ्वा र मञ्जु योङहाङ रहेका छन् ।

कार्यक्रममा लिम्बुवान प्रान्तीय उपाध्यक्ष विष्णु भट्टराई, प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, लिम्बुवान प्रान्तीय सचिवहरु दिलु लिङ्देन, धनबहादुर पन्धाक र मोहन मावो लगायत संघ र प्रान्तका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण महिला नेत्री भट्टराईले गरेकी थिइन् ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...