मञ्चद्वारा प्रदेश २ को नाम मधेश प्रदेश भएकोमा बधाई ज्ञापन

 लिम्बुवान न्युज
                       

दमक, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोमबार प्रदेश नं. २ को नामकरण दुईतिहाई बहुमतले मधेश प्रदेश पास भएकोमा पूर्ण समर्थन जनाउँदै धन्यवाद एवम् बधाई ज्ञापन गरेको छ ।

मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्द्वारा मंगलबार एक विज्ञप्ति जारी गर्दै मञ्च र मञ्चमा आबद्ध १०+१ प्रान्तीय मञ्चहरुको तर्फबाट मधेस प्रदेश पारित गराउन मूख्य भूमिका खेल्नु सत्तारुढ दल जसपा, माओवादी, त्यसैगरी लोसपा र पहिचान विरोधी पार्टीहरुका सदस्यहरुले समेत समर्थन जनाउने १९ जना सदस्य सबै प्रति धन्यवाद दिदैं पहिचानको आधारमा पहिलो प्रदेश नामकरण प्रति आभार प्रकट गरेको छ ।

संविधान मै समानुपातिक समावेशीको सामुदायिक क्लस्टरमा मधेशी भनी संवोधन भएको हुँदा मधेश प्रदेश आफैमा पहिचानको आधारमा नामकरण भएको मञ्चले भनेको छ ।

प्रदेश नं. २ को नामकरण मधेस प्रदेश हुनुले प्रदेश नं. १ लाई लिम्बुवान किरात खम्बुवान शेर्पा प्रान्त घोषणा गर्न थप मद्दत बल पुग्ने भन्दै यसरी नै पहिचानको आधारमा दलित, तामाङसालिङ, नेवा, तमुवान, मगरात, खसान, थरुहट प्रान्तहरु निर्माणमा निरन्तर आन्दोलित संघीय मञ्चलाई थप बल पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मञ्चले १७ बर्षदेखि शसक्त रुपमा सडक आन्दोलन गर्दै विगत ४ बर्षदेखि प्रदेश नं. १ को नामकरणको आन्दोलनमा केन्द्रित रहेर पटक–पटक अन्दोलन चर्कारहेको मञ्चले पहिचानको पक्षमा आन्दोलित दलहरुसँग निरन्तर सहकार्य गर्दै हालसम्म प्रदेश १ को नामकरण रोकिएको जिकीर गरेका छन् । मञ्चले प्रदेश ३ लाई बागमती, ४ लाई गण्डकी, ५ लाई लुम्बिनी, ६ लाई कर्णाली र ७ लाई सुदुरपश्चिमी प्रदेश नामकरण गरेको प्रति आपत्ती जनाउँदै यो घातक निर्णय प्रति गम्भीर बन्न समेत मञ्चले विज्ञप्ति मार्फत जनाएको छ ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...