मञ्चद्वारा प्रदेश २ को नाम मधेश प्रदेश भएकोमा बधाई ज्ञापन

,   लिम्बुवान न्युज
                       

दमक, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोमबार प्रदेश नं. २ को नामकरण दुईतिहाई बहुमतले मधेश प्रदेश पास भएकोमा पूर्ण समर्थन जनाउँदै धन्यवाद एवम् बधाई ज्ञापन गरेको छ ।

मञ्चका संघीय महासचिव अशोक चेम्जोङ्द्वारा मंगलबार एक विज्ञप्ति जारी गर्दै मञ्च र मञ्चमा आबद्ध १०+१ प्रान्तीय मञ्चहरुको तर्फबाट मधेस प्रदेश पारित गराउन मूख्य भूमिका खेल्नु सत्तारुढ दल जसपा, माओवादी, त्यसैगरी लोसपा र पहिचान विरोधी पार्टीहरुका सदस्यहरुले समेत समर्थन जनाउने १९ जना सदस्य सबै प्रति धन्यवाद दिदैं पहिचानको आधारमा पहिलो प्रदेश नामकरण प्रति आभार प्रकट गरेको छ ।

संविधान मै समानुपातिक समावेशीको सामुदायिक क्लस्टरमा मधेशी भनी संवोधन भएको हुँदा मधेश प्रदेश आफैमा पहिचानको आधारमा नामकरण भएको मञ्चले भनेको छ ।

प्रदेश नं. २ को नामकरण मधेस प्रदेश हुनुले प्रदेश नं. १ लाई लिम्बुवान किरात खम्बुवान शेर्पा प्रान्त घोषणा गर्न थप मद्दत बल पुग्ने भन्दै यसरी नै पहिचानको आधारमा दलित, तामाङसालिङ, नेवा, तमुवान, मगरात, खसान, थरुहट प्रान्तहरु निर्माणमा निरन्तर आन्दोलित संघीय मञ्चलाई थप बल पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मञ्चले १७ बर्षदेखि शसक्त रुपमा सडक आन्दोलन गर्दै विगत ४ बर्षदेखि प्रदेश नं. १ को नामकरणको आन्दोलनमा केन्द्रित रहेर पटक–पटक अन्दोलन चर्कारहेको मञ्चले पहिचानको पक्षमा आन्दोलित दलहरुसँग निरन्तर सहकार्य गर्दै हालसम्म प्रदेश १ को नामकरण रोकिएको जिकीर गरेका छन् । मञ्चले प्रदेश ३ लाई बागमती, ४ लाई गण्डकी, ५ लाई लुम्बिनी, ६ लाई कर्णाली र ७ लाई सुदुरपश्चिमी प्रदेश नामकरण गरेको प्रति आपत्ती जनाउँदै यो घातक निर्णय प्रति गम्भीर बन्न समेत मञ्चले विज्ञप्ति मार्फत जनाएको छ ।

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;