लिम्बुवान मञ्च मोरङ्द्वारा निर्वाचित नेताहरुलाई सम्मान

 लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला कार्य समितिले नव निर्वाचित संघ र प्रान्तका नेताहरुलाई सम्मान गरेको छ ।

पथरीस्थित सिरीजंगा सामुदायिक बनको सभाहलमा मंगलबार आयोजित सम्मान कार्यक्रममा जिल्लाले मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेता र लिम्बुवान प्रान्तमा निर्वाचित नेताहरुलाई स्वागत गरेको हो ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले सम्मानित नेता नेतृत्वहरुलाई आगामी कार्यकालमा पार्टीलाई अझ स्थायी बनाउँदै सबै प्रकारको कार्यमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् । मञ्च अब चुप लागेर बसेमा प्रदेश नं. १ को नामकरण पहिचानको विरुद्धमा हुने भन्दै चनाखो बस्न पनि उनले भने । प्रदेश नं. २ को नामकरण पहिचानको आधारमा मधेस प्रदेश घोषणा भएकोमा आभार प्रकट गर्दै नेता गुरुङ्ले हाम्रो आन्दोलनले हालसम्म प्रदेश १ को नामकरण रोकिएकोमा अब पुनः घोषणा हुन सक्ने भएको हुँदा नेताहरु सक्रिय हुनु पर्नेमा जोड दिएका छन् ।

यसैगरी संघीय महासचिव अशोक चेम्जोङले लिम्बुवान आन्दोलनको जगबाट उठेको पहिचान आन्दोलन मधेसमा पुगेर सफल भएको भन्दै अब चुप लागेर बस्नु भनेको लिम्बुवान आन्दोलन परास्त हुनु भएको हुदाँ सबै नेताहरु हिम्मतका साथ ठूलो गर्जन गर्दै अघि बढ्न अनुरोध गरेका छन् । प्रदेशमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने जिकीर गर्दै चुनावको पूर्वसन्ध्यामा मञ्च तिब्र संगठन विस्तार, क्रियासिल वितरण र प्रशिक्षणमा केन्द्रित हुने पनि बताए ।

यसैगरी कार्यक्रममा लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावती, संघीय सह–सचिव चौकीदार तामाङ लगायत नेताहरुले पनि आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा मञ्च र प्रान्तका मोरङ जिल्लाबाट निर्वाचित नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रान्तमा निर्वाचित नेताहरुलाई मनोयन पत्र हस्तान्तरण समेत गरिएको थियो ।

मोरङ जिल्ला अध्यक्ष जीवन खेवाको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण सचिव वरुण लाबुङ्ले गरेका थिए भने स्वागत सम्मान जिल्ला बरिष्ठ उपाध्यक्ष विशाल तिरुवाले गरेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...