लिम्बुवान मञ्च मोरङ्द्वारा निर्वाचित नेताहरुलाई सम्मान

,   लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, ४ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला कार्य समितिले नव निर्वाचित संघ र प्रान्तका नेताहरुलाई सम्मान गरेको छ ।

पथरीस्थित सिरीजंगा सामुदायिक बनको सभाहलमा मंगलबार आयोजित सम्मान कार्यक्रममा जिल्लाले मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेता र लिम्बुवान प्रान्तमा निर्वाचित नेताहरुलाई स्वागत गरेको हो ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले सम्मानित नेता नेतृत्वहरुलाई आगामी कार्यकालमा पार्टीलाई अझ स्थायी बनाउँदै सबै प्रकारको कार्यमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् । मञ्च अब चुप लागेर बसेमा प्रदेश नं. १ को नामकरण पहिचानको विरुद्धमा हुने भन्दै चनाखो बस्न पनि उनले भने । प्रदेश नं. २ को नामकरण पहिचानको आधारमा मधेस प्रदेश घोषणा भएकोमा आभार प्रकट गर्दै नेता गुरुङ्ले हाम्रो आन्दोलनले हालसम्म प्रदेश १ को नामकरण रोकिएकोमा अब पुनः घोषणा हुन सक्ने भएको हुँदा नेताहरु सक्रिय हुनु पर्नेमा जोड दिएका छन् ।

यसैगरी संघीय महासचिव अशोक चेम्जोङले लिम्बुवान आन्दोलनको जगबाट उठेको पहिचान आन्दोलन मधेसमा पुगेर सफल भएको भन्दै अब चुप लागेर बस्नु भनेको लिम्बुवान आन्दोलन परास्त हुनु भएको हुदाँ सबै नेताहरु हिम्मतका साथ ठूलो गर्जन गर्दै अघि बढ्न अनुरोध गरेका छन् । प्रदेशमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने जिकीर गर्दै चुनावको पूर्वसन्ध्यामा मञ्च तिब्र संगठन विस्तार, क्रियासिल वितरण र प्रशिक्षणमा केन्द्रित हुने पनि बताए ।

यसैगरी कार्यक्रममा लिम्बुवान प्रान्तीय महासचिव दिलकुमार लावती, संघीय सह–सचिव चौकीदार तामाङ लगायत नेताहरुले पनि आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा मञ्च र प्रान्तका मोरङ जिल्लाबाट निर्वाचित नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रान्तमा निर्वाचित नेताहरुलाई मनोयन पत्र हस्तान्तरण समेत गरिएको थियो ।

मोरङ जिल्ला अध्यक्ष जीवन खेवाको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण सचिव वरुण लाबुङ्ले गरेका थिए भने स्वागत सम्मान जिल्ला बरिष्ठ उपाध्यक्ष विशाल तिरुवाले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;