कतारका स्थायी र कामदारले न्यूनतम ११ डलरमा विश्वकप हेर्न पाउने

 लिम्बुवान न्युज
                       

५ माघ, काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकटक विक्री शुरु गरेको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।

कोभिड–१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकट बेच्न थालिएको हो । कतारका स्थायी बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउने बताइएको छ । फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको फिपा स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय दर्शकको हकमा भने टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरिएको फिफाले जनाएको छ । जुन दर सन् २०१८ को विश्वकपमा तोकिएको भन्दा एकतिहाइले कम हो ।

बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा जनाइएको छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।

टिकटका विभिन्न प्याकेजका लागि फेब्रुअरी ८ गतेभित्र आवेदन दिन सकिने जनाइएको छ । ‘¥यानडम ड्र’ बाट छानिएका व्यक्तिलाई मार्च ८ गतेसम्म यसबारे जानकारी गराइने छ ।

आयोजक कतारका अनुसार प्रतियोगिता हेर्न झण्डै १२ लाख मानिस आउनसक्ने बताइएको छ । कतारमा हुने आगामी विश्वकपका लागि विभिन्न ८ वटा रंगशालाहरु निर्माण भएका छन् ।

 

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...