आइपिएलमा १५ नेपाली खेलाडीले नाम दर्ता गराए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । आगमी सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आगामी आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको बिसीसीआईले जनाएको छ । त्यसमा नेपालबाट १५ खेलाडी रहेको नाम दर्ता भएको हो ।

विश्व क्रिकेटकै सफल लिग मानिने आइपिएलमा खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । यस सिजनको लागि ८९६ जना भारतीय खेलाडीले नाम दर्ता गराएका छन् भने ३१८ जना विदेशी खेलाडीले नाम दर्ता गराएका हुन् ।

आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टिमले खेलाडीहरू छनोट गर्नेछन् ।

अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २७० खेलाडी क्याप्ड छन् । यस्तै ९०३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् । पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन ।

आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

आइपिएलमा यो पटकदेखि १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यसपटक ठूला खेलाडीहरूसमेत अक्सन पुलमा जानेछन् । डेविड वार्नर, मिचेल मार्श, कागिसो रबडा, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, श्रेयास अयेर, इशान किसन, दिनेश कार्तिक, भुवनेश्वर कुमारजस्ता खेलाडी अक्सनमा समावेश छन् ।

अक्सनका लागि भारत बाहेक अष्ट्रेलियाबाट सबैभन्दा धेरै ५९ खेलाडीले नाम समावेश गरेका छन् । यस्तै दक्षिण अफ्रिकाबाट ४८ र वेष्ट इन्डिजबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् ।

एसोसिएट राष्ट्रमध्ये नेपालबाट १५ जनाले नाम दर्ता गर्दा अमेरिकाबाट १४, नामिबिया, ओमानबाट ३ तथा भुटान, नेदरल्याण्ड्स, स्कटल्याण्ड र यूएईबाट समान एक÷एक जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...