सागर केरुङको ‘हुक्फोलो’ बोलको भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

पान्थर । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

याक्थुङ फिल्मस युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ,बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा,भक्त खबास, रुकमान केरुङ, बर्षा खबास,दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन ।

उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...