सागर केरुङको ‘हुक्फोलो’ बोलको भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

पान्थर । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

याक्थुङ फिल्मस युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको भिडियोमा मधुराज केरुङ, सुक्मिता केरुङ,बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा,भक्त खबास, रुकमान केरुङ, बर्षा खबास,दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय गरेका छन ।

उक्त गीत एकदशक अगाडि ‘नादङ’ एल्बमद्वारा डिआर हाङ्सरुम्बाले ल्याएका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...