लिम्बुवानका दुइ नेताले झापा क्षेत्र नं.४ को प्रदेशक्षेत्र (क) र (ख) काे जिम्मेवारी पाए

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश क र ख मा तदर्थ समिति गठन गरेको छ ।

मञ्चका उपाध्यक्ष ज्ञान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार दुधे बजारमा संगठन विस्तार गरेको हो । आज आयोजित कार्यक्रमबाट ख मा किरण लिङदेन र क मा विचारी लावतीले जिम्मेवारी पाएका छन् ।

बुधबार आयोजित झापा क्षेत्र नं. ४ को संयुक्त कार्यक्रममा प्रदेश क्षेत्र क को संयोजकमा विचारी लावती चयन भएका छन् । त्यसैगरी समितिको उप–संयोजकमा यज्ञहाङ चेम्जोङ, बादल राई र हेमकुमार राई रहेका छन् भने सचिवमा शिव सेर्मा चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा नरेन नेम्वाङ, ज्ञानुहाङ सेर्मा, इन्द्रबहादुर सेर्मा, मनप्रसाद नेम्वाङ, जितेन एकतेन, ज्ञानबहादुर सेर्मा, सुबिन चेम्जोङ, भिमबहादुर लिम्बू, सुमन फागो, सनम खेवा, धनबहादुर फेउदेन र सन्तोष चेम्जोङ् रहेका छन् । यसरी नै प्रमुख सल्लाहकारहरुमा भिमबहादुर सुनुवार, सह–सल्लाहकारमा देबेन्द्र आङ्देम्बे र सल्लाहकार सदस्यमा दिलबहादुर सेरेङ् रहेका छन् ।

यसैगरी बुधबार नै आयोजित कार्यक्रमले प्रदेश क्षेत्र (ख) मा किरण लिङ्देनको संयोजकत्वमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिएको छ । समितिको उप–संयोजकमा जितेन्द्र कुमार आङ्बो र सचिवमा बसन्त मेन्याङ्बो रहेका छन् ।

समितिको सदस्यहरुमा बिमल आङ्बो, ललिता सेरेङ्, तुलसा सोदेम्बा रहेका छन् भने प्रमुख सल्लाहकारमा भक्तबहादुर मेन्याङ्बो र श्री योङ्या त्यसैगरी सदस्यमा मनकुमार तुम्बापो रहेका छन् ।

कार्यक्रममा १ नं. प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, भिम सुनुवार, प्रान्तीय सचिवालय सदस्यहरु, सदस्यहरु, झापा जिल्ला अध्यक्ष नगेन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...