दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
शिवसताक्षी, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश क र ख मा तदर्थ समिति गठन गरेको छ ।
मञ्चका उपाध्यक्ष ज्ञान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा बुधबार दुधे बजारमा संगठन विस्तार गरेको हो । आज आयोजित कार्यक्रमबाट ख मा किरण लिङदेन र क मा विचारी लावतीले जिम्मेवारी पाएका छन् ।
बुधबार आयोजित झापा क्षेत्र नं. ४ को संयुक्त कार्यक्रममा प्रदेश क्षेत्र क को संयोजकमा विचारी लावती चयन भएका छन् । त्यसैगरी समितिको उप–संयोजकमा यज्ञहाङ चेम्जोङ, बादल राई र हेमकुमार राई रहेका छन् भने सचिवमा शिव सेर्मा चयन भएका छन् ।
यसरी नै सदस्यहरुमा नरेन नेम्वाङ, ज्ञानुहाङ सेर्मा, इन्द्रबहादुर सेर्मा, मनप्रसाद नेम्वाङ, जितेन एकतेन, ज्ञानबहादुर सेर्मा, सुबिन चेम्जोङ, भिमबहादुर लिम्बू, सुमन फागो, सनम खेवा, धनबहादुर फेउदेन र सन्तोष चेम्जोङ् रहेका छन् । यसरी नै प्रमुख सल्लाहकारहरुमा भिमबहादुर सुनुवार, सह–सल्लाहकारमा देबेन्द्र आङ्देम्बे र सल्लाहकार सदस्यमा दिलबहादुर सेरेङ् रहेका छन् ।
यसैगरी बुधबार नै आयोजित कार्यक्रमले प्रदेश क्षेत्र (ख) मा किरण लिङ्देनको संयोजकत्वमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिएको छ । समितिको उप–संयोजकमा जितेन्द्र कुमार आङ्बो र सचिवमा बसन्त मेन्याङ्बो रहेका छन् ।
समितिको सदस्यहरुमा बिमल आङ्बो, ललिता सेरेङ्, तुलसा सोदेम्बा रहेका छन् भने प्रमुख सल्लाहकारमा भक्तबहादुर मेन्याङ्बो र श्री योङ्या त्यसैगरी सदस्यमा मनकुमार तुम्बापो रहेका छन् ।
कार्यक्रममा १ नं. प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङ्बो, भिम सुनुवार, प्रान्तीय सचिवालय सदस्यहरु, सदस्यहरु, झापा जिल्ला अध्यक्ष नगेन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...