लिम्बुवान याङवरक ४ को अध्यक्षमा वीर बहादुर माबो

,   लिम्बुवान न्युज
                       

याङवरक, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संगीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ४ को अध्यक्षमा वीर बहादुर मावो निर्वाचित भएका छन् । बुधबार थर्पु बजारमा सम्पन्न अधिबेशनले माबोको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति निर्वाचित गरेको हो ।

मञ्चका संघीय सह–सचिव सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा मोतिबहादुर योङ्हङ, अमृत योङ्हाङ, इन्दिरा खेबाङ, नन्दबहादुर योङ्हाङ, सचिव योगेन माबो, सहसचिव अबिसा माबो र अर्थसचिवमा सरस्वता योङ्हाङ निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरु मनकुमारी योङ्हाङ, मनकुमारी इङ्वारम, धनमाया आङ्बो, अमृत योङ्हाङ, सन्तकुमार माबो, शान्तिकला माबो, मनबहादुर योङ्हाङ, गंगाबहादुर योङ्हाङ, प्रदिप तावा रहेका छन् । सोही अधिवेशनले संघीय युवा मञ्च वडा ४ को संयोजकमा शर्ण इजमलाई तोकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पान्थर प्रदेश क्षेत्र(क)का संयोजक केरुङले नव निर्वाचित समितिलाई बधाई दिदैं अब लिम्बुवान साच्चिकै एउटा राजनैतिक दलको रुपमा स्थापित हुन वडा केन्द्रित कार्यक्रममा अघि बढेको बताए । अब आउने सबै खाले निर्वाचनमा अन्य दलहरुसँग शसक्तरुपमा प्रतिस्पर्धा गरेर पार्टी स्थापित गर्ने मञ्चको लक्ष्य रहेको बताए ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, जिल्ला सचिवालय सदस्यद्वय आधार घिमिरे, नरेश लक्सम, जिल्ला सदस्य कर्णबहादुर काम्बाङ, क्षेत्रीय उपाध्यक्ष छत्र योङ्हाङ, याङ्वरक गाउँपालिका कार्यसमितिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङ्हाङ, याङ्वरक महिला मञ्च अध्यक्ष पुजा सिगु, इतिहासकार अमर तावा र इतिहास अध्येता, लिम्बू शब्दकोष लेखक खेलराज योङ्हाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;