सत्ता गठबन्धन १८ पदमा निर्वाचित, १ पदमा एमालेले मार्‍यो बाजि

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १२ माघ । आज सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको १९ पदमा पाँच दलीय गठबन्धनका १८ जना उम्मेद्वार विजयी भएका छन् भने एक पदमा एमालेले बाजि मारेको छ ।

आज (बुधबार) सम्पन्न यो निर्वाचनमा सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले साझा उम्मेदवारी दिएका थिए । नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए ।

गठबन्धनको एकमात्र उमेद्ववार प्रदेश १ मा जसपाका हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा उनी एमालेका सोनाम ग्याल्जेन शेर्पासँग पराजित भएका हुन् ।

१९ पद मध्ये एमालेले ८ पदमा एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ । ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।

राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सिट बढाएका छन् । राष्ट्रिय सभामा एमालेको २४ सिट छ यद्यपी ७ पद गुमाएर पनि एमाले १७ सिटसहित अझै पनि पहिलो ठूलो दल नै बनेको छ ।

जितसँगै माओवादी केन्द्रले १५ सिट पु¥याएर दोस्रो दल बनेधो छ भने कांग्रेसले १० सिट पु¥याएको छ । त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पु¥याएको छ । पहिलो पटक राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो ।

प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् ।

यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए । राष्ट्रपतिबाट मनोनित भएका रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...