पान्थरका महिलाहरु लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

पाँचथर, १६ माघ । पान्थर फिदिमस्थित सिंगापुर होटलमा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान महिला मञ्च फेदेन नगर कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा उनीहरू प्रवेश गरेका हुन् ।

आइतबार आयोजित उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुमा शशी जगेगु सिगु, बिध्या आङ्बो, सुमिना नेम्बाङ, जेनिशा राई, बिमला हाङ्सरुम्बा, समीप आङ्बो, कौशिला नेम्बङ, जानुका लावती, रचना जबेगु लगायत रहेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सह–सचिव सागर केरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता वितरणसाथै अविरजात्रा गरिएको थियो । उक्त कार्यक्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव सुनिता केरुङ, प्रान्तीय सचिवालय सदस्य देउकुमार नेम्बाङ, जिल्ला सचिव सुबास केरुङ नुनाम, जिल्ला सचिवालद्वय रामचन्द्र नेम्बाङ, आधार घिमिरे त्यसैगरी संघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अञ्जुली केरुङकाे अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...