लिम्बुवानको दक्षिण कोरिया अध्यक्षमा रिकम लिम्बु निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा भर्चुअल जुम मार्फत अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले रुकमान लिम्बु ‘रिकम’को अध्यक्षतामा नर्याँ कार्य समिति सर्वसहमतिमा निर्वाचित गरेको छ । उक्त समितिको बरिष्ठ उपाध्यक्षमा खड्ग सेर्मा, उपाध्यक्षहरुमा बल बहादुर लिम्बु, लक्ष्मण योङहाङ र बसन्ती लावती रहेका छन् भने महासचिव केशव थेवे, सचिवमा सुमन हेम्ब्या, सह–सचिवमा कुलराज मावो र अर्थसचिवमा विराज येक्तेन निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा अमृत लिम्बु, उत्तम लिम्बु, राजा आङ्गबो, सुदर्शन नेम्बाङ्, सन्तोष योङहाङ, राम आङबुहाङ, रुपक लक्सम, सुजन यक्तेन, सुरेन्द्र लिम्बु, सन्तोष सेन, विनोद साउदेन, कृतज्ञ थेवे, सुमन लिङदेन र सचिन लावती रहेका छन् ।

यसैगरी आजै बनेको सल्लाकार समितिमा रमेश लावती, सानु मावो, दिपेन माखिम, नरेन्द्र योङहाङ, दिपक खनाल, हेम्बु इजम, चित्र आङदेम्बे, अग्नी पन्धाक र डिक राई रहेका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...