धरान १५ को लिम्बुवान अध्यक्षमा धनेन्द्र इजम

,   लिम्बुवान न्युज
                       

धरान, २२ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ को अध्यक्षमा धनेन्द्र इजम निर्वाचित भएका छन् । शनिबार धरान १५ मा आयोजित कार्यक्रमले इजमको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन भएको छ ।

मञ्चका संघीय सचिव रमेश गजमेरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमले उपाध्यक्षहरुमा कुल प्रसाद संयोक, खडक बहादुर तुम्खेवा, सचिवमा दिव्या लिम्बु, सह–सचिवहरुमा विमला मादेन, पवित्रा लिम्बु र अर्थसचिवमा किशोर मादेन निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सहदेव खडका, पवित्रा निरौला, सुलोचना लिम्बु, सुमन मगराती, विक्रम चोङबाङ, कविता लाबुङ, इन्द्र बहादुर लिम्बु र पूर्ण गजमेर रहेका छन् ।

कार्यक्रम मञ्चका धरान उपमहानगरका संगठन प्रमुख दिपक लाओतिको अध्यक्षता र सहसचिब संगिता आले मगरको संचालनमा भएको उक्त कार्यक्रममा सुनसरी जिल्ला अध्यक्ष अमर ईजम विशिष्ट अतिथि रहेका थिए । यसैगरी कार्यक्रममा सुनसरी महिला मञ्चकी जिल्ला अध्यक्ष सरसती सुब्बा, मञ्चका उपमहानगर अध्यक्ष सजुहाङ लिम्बू, उपाध्यक्ष मोहन तिगेला, उपाध्यक्ष अर्जुन खर्डका र उपाध्यक्ष राम कुमारी मादेन त्यसैगरी नगर महिला अध्यक्ष नर्बदा लिम्बू लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;