
धरान, २२ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ को अध्यक्षमा धनेन्द्र इजम निर्वाचित भएका छन् । शनिबार धरान १५ मा आयोजित कार्यक्रमले इजमको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन भएको छ ।
मञ्चका संघीय सचिव रमेश गजमेरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमले उपाध्यक्षहरुमा कुल प्रसाद संयोक, खडक बहादुर तुम्खेवा, सचिवमा दिव्या लिम्बु, सह–सचिवहरुमा विमला मादेन, पवित्रा लिम्बु र अर्थसचिवमा किशोर मादेन निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सहदेव खडका, पवित्रा निरौला, सुलोचना लिम्बु, सुमन मगराती, विक्रम चोङबाङ, कविता लाबुङ, इन्द्र बहादुर लिम्बु र पूर्ण गजमेर रहेका छन् ।
कार्यक्रम मञ्चका धरान उपमहानगरका संगठन प्रमुख दिपक लाओतिको अध्यक्षता र सहसचिब संगिता आले मगरको संचालनमा भएको उक्त कार्यक्रममा सुनसरी जिल्ला अध्यक्ष अमर ईजम विशिष्ट अतिथि रहेका थिए । यसैगरी कार्यक्रममा सुनसरी महिला मञ्चकी जिल्ला अध्यक्ष सरसती सुब्बा, मञ्चका उपमहानगर अध्यक्ष सजुहाङ लिम्बू, उपाध्यक्ष मोहन तिगेला, उपाध्यक्ष अर्जुन खर्डका र उपाध्यक्ष राम कुमारी मादेन त्यसैगरी नगर महिला अध्यक्ष नर्बदा लिम्बू लगायत नेताहरुको उपस्थिति रहेको थियो ।