पत्रकार धम्क्याउने काम बन्द गर्न महासंघकाे चेतावनी

 लिम्बुवान न्युज
                       

दमक, २२ माघ । पत्रकारलाई धम्की नदिन नेपाल पत्रकार महासंघ–१ नम्बर प्रदेश समिति तथा केन्द्रीय समितिले बिर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई चेतावनी दिएका छन् । सार्वजनिक रुपमा पत्रकार धम्क्याउने काम बन्द गर्दै आफ्नो मर्यादामा बस्न उनीहरुले आग्रह गरेका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रसाईंले पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारलाई नै गालीगलौज गर्दै धम्की दिएपछि महासंघ झापाले शुक्रवारनै विज्ञप्ति जारी गरि प्रसाई कार्यशैलीको विरोध जनाएका थिए ।

यसैगरि प्रसाईको हर्कत प्रति महासंघ–१ नम्बर प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालक प्रसाईले समग्र पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका प्रदेश महासचिव विवेक गौतमद्धारा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– ‘प्रकाशित , प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशनरप्रशारण गर्ने, सम्बन्धित सञ्चारमाध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि कानुनी बाटो हुँदारहुँदै पत्रकारलाई सार्वजनिक रुपमा ठाडो धम्की दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी काम हो ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषी उपर कारवाहीका लागि प्रदेश समितिले माग गरेको छ । प्रेस स्वतन्त्रता बिरोधी यस्ता हर्कत नदोहो¥याउन आग्रह गरेको छ । त्यस्तै,पत्रकार आचारसंहिताको पालना गर्न,गराउन सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।

यसैगरि महासंघका केन्द्रीय महासचिव रोशन पुरीले समेत विज्ञप्ति जारी गरि मेडिकल सञ्चालक प्रसाईको प्रेस विरोधी हर्कत बन्द गर्न चेतावनी दिएको छ ।

महासंघकाे विज्ञप्तीः

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...