मिक्लाजुङमा चौमन लेक्वाको कमाण्डमा लिम्बुवान भोलेन्टियर्स गठन

 लिम्बुवान न्युज
                       

 

मिक्लाजुङ, २६ माघ । मिक्लाजुङ ३स्थित टाँडीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टिर्यस मिक्लाजुङ फिल्ड कमान्ड गठन सम्पन्न भएको छ ।

लिम्बुवानका तुम्याहाङ सल्लाहकार छत्र बहादुर साम्बाज्युको सभाध्यक्ष भएको उक्त कार्यक्रम एलभी केन्द्रीय संगठन बिभाग प्रमुख गणेश मिभकको प्रमुख अतिथिमा भएको थियो ।

कार्यक्रममा लिम्बुवान भोलेन्टिर्यसका केन्द्रीय उप–कमान्डर राजु लिम्बु, मोरङ जिल्ला सचिव मिक्सन मिभक, मोरङ निर्बाचन क्षेत्र न १(क) क्षेत्रीय सदस्य बिकास धिमाल, रोजित लिम्बू र मिक्लाजुङ गाउँ कार्य समितिका अध्यक्ष ओम बा चेम्जोङको उपस्थित रहेको थियोे ।

फिल्ड कमाण्डर चौमन लेक्वा लिम्बूको कमाण्डमा कमाण्ड गठन भएको हो । उक्त कमाण्डमा प्राईमरी कमाण्डर दल बहादुर श्रेष्ठ, जोन लिङदेन, राज धमला, युवराज राई, सुसन लिम्बू, सुवास मगर, मनिस सिवा, पेलेहाङ मिभक, बिटेन सिवा, दिप्सन मगर, सचिन राई र बिसन मिभक रहेका छन् ।
कार्यक्रममा जिल्ला सचिव मिक्सन मिभकले सजहीकरण र मिक्लाजुङ अध्यक्ष ओम चेम्जोङको स्वागत मन्तव्य रहेको थियो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...