संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको पहिलो बिस्तारित बैठकबाट २४ जना मनोनित

 लिम्बुवान न्युज
                       

लण्डन, लिम्बुवान संवाददाता । संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च, यूकेको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । आइतबार बेलायतस्थित आसफोर्ड केन्टमा बसेको विस्तारित बैठकले २४ जनालाई मञ्चको कार्यसमितिमा मनोनित गरेको हो ।

गत डिसेम्बर २६ मा मञ्चका संघीय उपाध्यक्ष शर्मिला याक्सो चोङबाङको अध्यक्षतामा बनेको ५१ सदस्यीय कार्य समिति अब ७५ सदस्यीय समिति बनेको नवगठित समितिको उपाध्यक्ष नवराज काम्बाङले लिम्बुवान खबरलाई जानकारी दिएका छन् ।

बेलायतमा बसेका पहिचानप्रेमीहरुको घरघर पुगेर लिम्बुवान सहितको १०+१ प्रान्त बन्ने मुद्दालाई संस्थागत गर्न निरन्तर हरेक दृष्टिकोणबाट मञ्चलाई साथ सहयोग पु¥याउने अभिप्रायले काम गर्नेगरी मञ्च अघि बढ्ने अध्यक्ष याक्सोले बताईन् । आगामी स्थानीय चुनाव भन्दा अघि बेलायतमा बस्ने एक हजार भन्दा धेरैकाे घरमा पुग्ने मञ्चको साधारण सदस्यता प्रदान गर्ने साथै मञ्चको विधान, राजनैतिक एजेण्डा र घोषणापत्र पु¥याई मञ्चले लिएको राजनैतिक विचारलाई साथ सहयोग गर्न अपिल गर्ने पनि सामाजिक मञ्च यूकेको तयारी रहेको छ । –उनले भनेकी छन् ।

यक्सोको अध्यक्षतामा बनेको कार्य समितिको उपाध्यक्षहरुमा क्रमशः तिल बिक्रम लावती, युबराज गुरुङ, राम बहादुर बुरा मगर, पेपराज कुरुम्बाङ, नवराज काम्बाङ, जोगेन्द्र सिङ फेयङ, शान्ति लिम्बु, तारा यक्सो, नबाङडी लामा, रेशम तामाङ, तेज मगर, नारायण गुरुङ रहेका छन् । त्यसैगरी महासचिवको जिम्मेवारी सुरेन्द्र थेबेले पाएका छन् भने सह–महासचिवमा ज्ञानु लिम्बु, उपमहासचिव राम बहादुर लावती बनेका छन् ।

यसैगरी सचिवहरुमा क्रमशः शिव कुमार सेन्दाङ, कुल गुरुङ, मनिता लिम्बु, चन्द्रा तावा, तारा नेम्बाङ ‘खेसे’, दिपक पुलामी मगर रहेका छन् भने अर्थसचिवमा भिम नियोङ, सह–अर्थसचिवमा अनिल गुरुङ र सहसचिवमा प्रविन तुम्बापो चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरु खगेन्द्र गौचन, प्रेम थकाली, बिकास बेघा, प्रेम गुरुङ, सम्भु थापा क्षेत्री, पदम गुरुङ, उपेन्द्र राई, मंगल लिम्बु, निमा शेर्पा, तेज योङ्हाङ, कुमारी लिम्बु, डिल्ली लिम्बु, फनेन्द्र माया लिम्बु, सासा लिम्बु, मान प्रसाद लिम्बु, सबिना लिम्बु, इमा लावती, जुनु लावती, बुद्धीमाया लिम्बु, प्रसाद नियोङ, मधु मादेन, नरेन्द्र गुरुङ, समिर गुरुङ, विशाल गुरुङ, काजिमान शेर्पा, शान्ता शेर्पा, राम प्रसाद विश्वकर्मा, अन्जना यक्सो, युवराज हुक्पा चोङबाङ, रवि हुक्पा चोङबाङ, राजु हुक्पा चोङबाङ, विस्व हुक्पा चोङबाङ, टेक दर्लामी मगर, लाल हुक्पा चोङबाङ, चन्द्र कुमारी तावा लिम्बु, ललित लुम्फुवा, गजेन्द्र लावती, खड्क कुमारी पयाङगु, किशोर मादेन, उमेश सेनेहाङ, चन्द्र बहादुर यक्सो, रोमियो पन्धाक, जैसान पन्धाक, विनोद खापुङ, खुशीमान राना, चन्द्र कुमार लुम्फुङवा, योगेन्द्र हुक्पा चोङबाङ, रमेश राई, गणेश गुरुङ र प्रेम गुरुङ चयन भएका छन् ।

उक्त विस्तारतिर बैठकमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । उक्त समितिमा जिताहाङ यक्सो, याम बहादुर लिम्बु, होम देवान, हर्क बहादुर यक्सो, लोक बहादुर थोप्रा, देवी विश्वकर्मा र बेनु कुमार आसामी रहेको बताइएको छ । कार्यक्रमको सहजीकरण उपाध्यक्ष काम्बाङले गरेका थिए । (तस्वीरः नवराज काम्बाङ)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...