मोरङ १ नम्बर क्षेत्र ‘ख’मा लिम्बुवान मञ्चको तदर्थ समिति गठन, संयोजकमा भवानी माखिम

,   लिम्बुवान न्युज
                       

लेटाङ, २९ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्लाको क्षेत्र नं. १ को ख मा प्रदेश निर्वाचन क्षेत्रीय तदर्थ समिति गठन भएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष तथा प्रदेश समन्वय समितिका संयोजक ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले भवानी माखिमलाई संयोजकमा चयन गरेको छ ।

मोरङको लेटाङमा आयोजित कार्यक्रमले सहसंयाेजकमा गंगा पारघरीलाइ चयन गरेकाे छ भने सदस्यहरुमा नेत्र न्यौपाने, सोम सम्बाहाम्फे, लालध्वज लिम्बु, शेहरसिं लिम्बु, चन्द्र लिङदेन, प्रकाश नेपाली, श्याम सुहाङ लिम्बु, वदेन लिम्बु, गणेश लावती, शान्तिराम लिम्बु र सेमीहाङ लिम्बु रहेका छन् ।

कार्यक्रम संयोजक तथा संघीय सह–सचिव चौकीदार तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रान्तीय सचिव दिलु लिङदेन, सचिवालय सदस्यहरु अर्जुनसिं लिङदेन, गणेश मिभक, जिल्ला अध्यक्ष जीवन खेवा, एलभी उपकमाण्डर राजु लिम्बु, सचिव मिक्सन लिम्बु, अर्थसचिव जीत बहादुर लावती, जिल्ला सचिवालय सदस्यहरु वलिहाङ सिम्बु, देउमान लिम्बु, लिला बहादुर लिम्बु, राम कुमार राई, दलित मुक्तिमञ्चका सदस्य कुमार शंकर लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मिक्लाजुङ, बेलबारी, लेटाङ र केराबारी गाउँपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण मोरङ जिल्ला सचिव बरुण लाबुङले गरेका थिए ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;