लिम्बुवान मञ्चको शिवसताक्षी अध्यक्षमा बिचारी लावती निर्वाचित

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खा भवनको सभाहलमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले विचारी लावतीको अध्यक्षतमा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

उक्त समितिमा अध्यक्ष लावतीसँगै उपाध्यक्षहरुमा अमर योङहाङ, शिव शेर्मा, सोम बहादुर राई (बादल), रोहन थेगिम, सनम खेवा, सचिवमा दुर्गा बहादुर चेम्जोङ, सुरज सम्बाहाम्फे, अर्थ–सचिवमा मनिता लिम्बू निर्वाचत भएका छन् ।

यसरी नै सचिवालय सदस्यहरुमा मोतिखर भण्डारी, राम कुमारी लामा, सोनिका राई, सुविन चेम्जोङ, मन कुमार तुम्बापो र दिल रानी राजवंशी रहेका छन् । त्यस्तैगरेर नगर सदस्यहरुमा कुमार दर्नाल, कविता लिङदेन र जानुका योङहाङ निर्वाचित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इम्बुङले स्थानीय चुनाव नजिकिदै गएको हुँदा अब तिब्र गतिमा संगठनलाई क्रियासिल बनाएर लान निर्देशन दिएका छन् । एकात्मकराज्यसँग लड्न सक्ने एकमात्र राजनैतिक भिजन र दर्शन बोकेको संघीय मञ्च अब देशव्यापी अघि बढिसकेको हुँदा एकात्मकवादीपार्टीहरुको झोलेर मतियार नबन्न अग्रह गरेका थिए ।

यसैगरी उक्त सम्मेलनलाई प्रान्तीय महासचिव दिलकुमार लावती, प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, सचिव राजु राई, सचिवालय सदस्यहरु जसकुमार तामाङ, सुमन सम्बाहाम्फे, जिल्ला अध्यक्ष नगेन राई लागयत नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुलाई लिम्बुवान राजनीतिलाई अझ शसक्त अघि बढाउन शिवसताक्षी नगरलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा मञ्चका प्रान्तीय सचिवहरु भिम सुनुवार, भक्त मेन्याङबो, सचिवालय सदस्यहरु किरण लिङदेन, दिल सेरेङ, प्रान्तीय सदस्यहरु भिम सेर्मा, बसन्त योङहाङ, विजय ठाडा मगर त्यसैगरी एलभी कमाण्डर मण्डेम लिम्बु, जिल्ला उपाध्यक्ष राज आङथुपो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संघीय सचिवालय सदस्य तथा शिवसताक्षीका अध्यक्ष प्रकाश लिङ्देेनको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन सुरज सम्बाहाम्फेले गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...