दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
शिवसताक्षी, २९ माघ । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी नगरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार झिलझिलेस्थित किरात राई यायोक्खा भवनको सभाहलमा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले विचारी लावतीको अध्यक्षतमा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।
उक्त समितिमा अध्यक्ष लावतीसँगै उपाध्यक्षहरुमा अमर योङहाङ, शिव शेर्मा, सोम बहादुर राई (बादल), रोहन थेगिम, सनम खेवा, सचिवमा दुर्गा बहादुर चेम्जोङ, सुरज सम्बाहाम्फे, अर्थ–सचिवमा मनिता लिम्बू निर्वाचत भएका छन् ।
यसरी नै सचिवालय सदस्यहरुमा मोतिखर भण्डारी, राम कुमारी लामा, सोनिका राई, सुविन चेम्जोङ, मन कुमार तुम्बापो र दिल रानी राजवंशी रहेका छन् । त्यस्तैगरेर नगर सदस्यहरुमा कुमार दर्नाल, कविता लिङदेन र जानुका योङहाङ निर्वाचित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि इम्बुङले स्थानीय चुनाव नजिकिदै गएको हुँदा अब तिब्र गतिमा संगठनलाई क्रियासिल बनाएर लान निर्देशन दिएका छन् । एकात्मकराज्यसँग लड्न सक्ने एकमात्र राजनैतिक भिजन र दर्शन बोकेको संघीय मञ्च अब देशव्यापी अघि बढिसकेको हुँदा एकात्मकवादीपार्टीहरुको झोलेर मतियार नबन्न अग्रह गरेका थिए ।
यसैगरी उक्त सम्मेलनलाई प्रान्तीय महासचिव दिलकुमार लावती, प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, सचिव राजु राई, सचिवालय सदस्यहरु जसकुमार तामाङ, सुमन सम्बाहाम्फे, जिल्ला अध्यक्ष नगेन राई लागयत नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुलाई लिम्बुवान राजनीतिलाई अझ शसक्त अघि बढाउन शिवसताक्षी नगरलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा मञ्चका प्रान्तीय सचिवहरु भिम सुनुवार, भक्त मेन्याङबो, सचिवालय सदस्यहरु किरण लिङदेन, दिल सेरेङ, प्रान्तीय सदस्यहरु भिम सेर्मा, बसन्त योङहाङ, विजय ठाडा मगर त्यसैगरी एलभी कमाण्डर मण्डेम लिम्बु, जिल्ला उपाध्यक्ष राज आङथुपो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संघीय सचिवालय सदस्य तथा शिवसताक्षीका अध्यक्ष प्रकाश लिङ्देेनको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन सुरज सम्बाहाम्फेले गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...