लिम्बुवान मञ्चको मोरङ क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

मोरङ्, ३ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मोरङ जिल्ला क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र क मा संगठन विस्तार भएको छ । मंगलबार आयोजित कार्यक्रममा लोक बहादुर लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय महासचिव भानु भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिवाङको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । समितिको सह–संयोजकमा महेश सहनी, सचिवमा थुम बहादुर भण्डारी, सहसचिवमा शरद चन्द्र इङनाम, अर्थसचिवमा शुनिता मंडी रहेका छन् ।

यसैगरी सदस्यहरुमा सरोज धामी, प्रदीप वैठा, दिल प्र.माबो, शिवनारायण विस्वास, टिका हाङमा, गणेश वि.क, प्रेम राई, भिम नेयोङ, महेश सहानि, विजय धिमाल, किशुन ऋषिदेव, रमानन्द ऋषिदेव, खैरु ऋषिदेव, जगदीश ऋषिदेव र वीर बा.लिम्बू रहेका छन् ।

कार्यक्रम लिम्बुवान प्रान्तीय सचिव तथा निर्वाचन क्षेत्र ख का संयोजक रामचन्द्र मगरको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा प्रान्तीय सचिव दिलु लिङदेन लावती, दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदा, पहिचान समिति सदस्य गोपाल पौडेल, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा, सचिव बरुण लाबुङ्, सचिवावय सदस्य बल बहादुर पङयाङगु, रतुवामाई अध्यक्ष लेख बहादुर थक्लुङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण लिम्बुवान भोलेन्टियर्सका उपकमाण्डर राजु लिम्बुले गरेका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...