स्थानीय चुनावमा उम्मेद्वारहरुको चुनावी प्रचार १३ दिन मात्रै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ४ फाल्गुन । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ ।

र चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । (अनलाइनखबरबाट)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...