लिम्बुवान मञ्च कमलको अध्यक्षमा पुनः मावोहाङ् सर्वसहमतिमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ७ फागुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कमल गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा पुनः अमर माबोहाङ सर्वसहमतिमा निर्वाचित भएका छन् । शनिबार कमलस्थित बाँसबारी सामुदायिक भनवमा आयोजित अधिवेशनले माबोहाङलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको उदघाटज सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले कमल गाउँपालिका अत्यन्तै जागेको, शसक्त पार्टी र संगठनमा लागे प्रति कृतज्ञता प्रकट गर्दै नेता कार्यकर्ताहरुलाई आगामी आन्दोलन र चुनावहरुको सामना गर्न एकजुट भएर लाग्न निर्देशन दिएका छन् । लिम्बुवान नहारेको भूमि हो, जो कहिल्यै हार्न नजान्ने बताउनु हुँदै आगामी स्थानीय निर्वाचनमा चुनाव चिन्ह नदिए ठूलो आन्दोलन समेत हुने चेतवानी दिएका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्षहरु थाङसाङ लावती, विष्णुमाया थापा भट्टराई, प्रान्तीय महासचिव दिलकुमार लावती, प्रदेश समन्वय समितिका सचिव भविराज तुम्सा, प्रान्तीय सचिवहरु राजु राई, धनबहादुर पन्धाक, प्रान्तीय सचिवालय सदस्यहरु बलनाथ नाल्बो, सुर्य योक्पाङदेन, दलित मुक्ति मञ्चका उपाध्यक्षहरु बलराम सदा, साजन मोते लगायत संघीय र प्रान्तीय सदस्यहरु, जिल्ला अध्यक्ष नगेन राई लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बन्दसत्रले अमर माबोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा प्रविण राई, तेजु आङदेम्बे, दल्ब माझी, प्रज्वल लिम्बु र योगिन श्रेष्ठ रहेका छन् । त्यसैगरी सचिवहरुमा विजेन्द्र मेन्याङबोे र नर बहादुर केरुङ, सहसचिवमा पुजा कामी र रण हाङगम, अर्थसचिवमा सोम अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा अकल नेपाली, राजेन्द्र ताजपुरिया, राजकुमार धिमाल, मुकेश बेस्रा, पूर्ण आङदेम्बे, चन्द्र बि.क., धन बहादुर नेम्बाङ, नरेन्द्र लिम्बु, निर्मला आङदेम्बे, उत्तम लिम्बु, भिम बहादुर लाओती, रमेश फियाक, शान्ती लिम्बु, संजोमी साँवा र सोनु नेम्बाङ निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...