सागर केरुङले पाए एफएलएफ २०७८ को उत्कृष्ट निर्देशकको अवार्ड

 लिम्बुवान न्युज
                       

काठमाडौ, ८ फागुन । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । लिम्बू म्युजिक भिडियो ’हुक्फोलो’का लागि केरुङले उत्कृष्ट लिम्बू म्युजिक भिडियो निर्देशक अवार्ड हात परेका हुन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएको हो ।

पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा निर्देशक दिपाश्री निरौलालाई एफ. एल. एफ. विशेष सम्मान गरिएको थियो भने यासेलि योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...