लिम्बुवान झापाद्वारा संघ र प्रान्तमा निर्वाचित नेताहरुलाई सम्मान

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, ९ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा शिवसताक्षी दुधेस्थित सैनिक भवनमा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । सोमबार मञ्चले जिल्लाबाट निर्वाचत संघीय समिति र प्रान्तीय समितिमा निर्वाचित नेताहरुलाई सम्मान गरेको हो ।

अध्यक्ष लिङदेनबाट जिल्लाका नेताहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको आजको कार्यक्रममा जिल्लाका सबै नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग गर्न नदिएको खण्डमा भिषण आन्दोलन चर्काउने चेतावनी दिएका छन् । गएको साल उपनिर्वाचनमा सबै राजनैतिक दललाई चुनावचिन्ह प्रयोग गर्न दिने अनि अहिले दिन्न भन्नुमा ठूलो षडयन्त्र भएको उनले भने । अब फेरि आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना हुँदैछ सबै नेता कार्यकर्ताहरु तयारी अवस्थामा रहन अनुरोध गरेका छन् ।

एमसीसीका कारण छिमेकी देशहरुसँगको सम्बन्धमा कस्तो हुने भनेर सरकारले कुनै लिखित दस्तावेज जनता माझ पेश नगर्नु आफैमा शंकास्पद भएको अध्यक्ष लिङदेनले बताए । जनताहरुलाई सडकमा उतार्ने अनि नेताहरु सांसद भवनमा एमसीसी टेवल गर्ने यो कस्तो अचम्मको खेल हो ? उनले प्रश्न गरेका छन् । एमसीसी बारे जनताहरुलाई प्रष्ट नगरी जालझेल पाराले पारित गरिए देशमा ठूलो रक्तपाद हुने संकेत देखिएको छ । उनले भने । उचित उपाय निकालेर मात्र एमसीसी बारे प्रष्ट हुन सरकारलाई आग्रह गरेका छन् ।

सम्मान कार्यक्रममा लिम्बुवानका बरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष विष्णुमाया थापा भट्टराई, महासचिव दिलकुमार लावती, उपमहासचिव मानबहादुर सावाँ, प्रान्तीय सचिवहरु धनबहादुर पन्धाक, काजीमान ओख्राबो, दलित मुक्तिमञ्चका उपाध्यक्ष बलराम सदा लगायत नेताहरुले शुभकामना राखेका थिए ।

मञ्चका जिल्ला अध्यक्ष नगेन राईको अध्यक्षतमा भएको कार्यक्रमलाई जिल्ला सचिव विकास मगरले सहजीकरण गरेका थिए । कार्यक्रममा उपाध्यक्ष एबी पन्धाक, बरिष्ठ सल्लाकार देउकुमार तुम्बापो, उपमहासचिव पूर्णकला तेयुङ, जिल्लाका प्रान्तीय सचिवहरु राजु राई, भक्त मेन्याङबो, भिम सुनुवार लगायत सचिवालय सदस्य, संघ र प्रान्तीय सदस्यहरु, पहिचान समिति लगायत नेताहरुको बाकुलो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...