धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ

 लिम्बुवान न्युज
                       

सुनसरी, १० फाल्गुन । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान खुलेसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतककै श्रीमती बर्ष ३० की अनिता के.सी र बिराटनगर ४ का २९ बर्षीय सरोज भण्डारी रहेका छन् ।

यहि फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा–टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।

शव पहिचान गर्ने क्रममा बाझो–१ घर भई हाल बिराटनगर महानगरपालिका–३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको थियो । शवको पहिचान भएसंगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरु दुई जनालाई प्रहरीले पक्राउ सफल भएको छ ।

बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ । दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरी समेतको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो ।

यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसंगै दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो फेसबुक पेजबाट जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...