प्रदेश १ को नाम टुंगो लगाउन आज पहिलो चरणको सर्वदलीय बैठक बस्यो

 लिम्बुवान न्युज
                       

विराटनगर, १० फागुन । प्रदेश नं. १ को नामाकरणका लागि आज सर्वदलीय बैठक विराटनगरमा बसेको छ । आगामी हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने गरी पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका लागि सर्वदलीय बैठक आह्वान गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित गठन्धनका प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरु प्रदेश प्रमुख लगायत नेताहरु सहभागी भएका छन् । प्रदेश नामकरणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी स्वास्थ्यमन्त्री जयराम यादवले गरेका थिए । बैठकमा दलबाट प्रतिनिधित्व गर्ने सरकारका सबै मन्त्रीहरु सहभागी भएका थिए ।

मंगलवार मध्यान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सबै दलका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले छ वटा प्रदेशहरुको नामाकरण भएपछि प्रदेश १ सरकारलाई नामकरण गर्न दवाव परेको बारेमा बढि जोड दिएका थिए ।

संविधानमा प्रदेशको राजधानी र नाम सम्बन्धित प्रदेशसभाले टुंगो लगाउने व्यवस्था छ । सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो । निवर्तमान मुख्यमन्त्री शेरधन राई र भीम आचार्यले नामकरणको विषय प्राथमिकतामा रहेको बताए पनि त्यसलाई संसद बैठकमा छलफल गर्न भने सकेका थिएनन् ।

प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका प्रतिनिधिहरु पनि बैठकमा सहभागी भएका थिए ।

बैठकमा सत्ता गठबन्धन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष लिम्बुवान प्रान्तीय मञ्चका समेत अध्यक्ष रहनु भएका कुमार लिङदेन मिराकले पहिचानका आधारमा लिम्बुवान, किरात नामाकरण राख्नु पर्ने पुराना र नयाँ सबै डकुमेन्टहरु समेत मुख्यमन्त्री लगायत सबै दलका नेता र मन्त्रीहरुलाई दिदैं आफ्नो आन्दोलन र माग बारे प्रष्ट परेका थिए ।

धारणा सबैले राखेपछि मुख्यमन्त्री राई पुनः अर्को चरणमा छलफल गर्ने भनी बैठक सम्पन्न गरेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...