दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
विराटनगर, १० फागुन । प्रदेश नं. १ को नामाकरणका लागि आज सर्वदलीय बैठक विराटनगरमा बसेको छ । आगामी हिउँदे अधिवेशनबाट प्रदेश १ को नामाकरण टुंगो लगाउने गरी पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका लागि सर्वदलीय बैठक आह्वान गरेको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित गठन्धनका प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरु प्रदेश प्रमुख लगायत नेताहरु सहभागी भएका छन् । प्रदेश नामकरणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी स्वास्थ्यमन्त्री जयराम यादवले गरेका थिए । बैठकमा दलबाट प्रतिनिधित्व गर्ने सरकारका सबै मन्त्रीहरु सहभागी भएका थिए ।
मंगलवार मध्यान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सबै दलका प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले छ वटा प्रदेशहरुको नामाकरण भएपछि प्रदेश १ सरकारलाई नामकरण गर्न दवाव परेको बारेमा बढि जोड दिएका थिए ।
संविधानमा प्रदेशको राजधानी र नाम सम्बन्धित प्रदेशसभाले टुंगो लगाउने व्यवस्था छ । सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो । निवर्तमान मुख्यमन्त्री शेरधन राई र भीम आचार्यले नामकरणको विषय प्राथमिकतामा रहेको बताए पनि त्यसलाई संसद बैठकमा छलफल गर्न भने सकेका थिएनन् ।
प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् । त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका प्रतिनिधिहरु पनि बैठकमा सहभागी भएका थिए ।
बैठकमा सत्ता गठबन्धन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष लिम्बुवान प्रान्तीय मञ्चका समेत अध्यक्ष रहनु भएका कुमार लिङदेन मिराकले पहिचानका आधारमा लिम्बुवान, किरात नामाकरण राख्नु पर्ने पुराना र नयाँ सबै डकुमेन्टहरु समेत मुख्यमन्त्री लगायत सबै दलका नेता र मन्त्रीहरुलाई दिदैं आफ्नो आन्दोलन र माग बारे प्रष्ट परेका थिए ।
धारणा सबैले राखेपछि मुख्यमन्त्री राई पुनः अर्को चरणमा छलफल गर्ने भनी बैठक सम्पन्न गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...