लिम्बुवान भोलेन्टियर्सद्वारा सुनसरीमा इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान

 लिम्बुवान न्युज
                       

धरान, ११ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल मातहतको एल.भी. कमाण्डले सुनसरी जिल्लाको क्षेत्रीय इन्चार्जहरुलाई नियुक्ति पत्र प्रदान गरेको छ । लिम्बुवान भोलेन्टियर्सका सहकमाण्डर गणेश मिभकले मंगलबार धरानमा आयोजित कार्यक्रममा कमाण्डरहरुलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

भोलेन्टियर्सका सहकमाण्डर भुपाल चेम्जोङ, उपकमाण्डरहरु अदत लिम्बु, कैलाश गुरुङ, राजु लिम्बु त्यसैगरी मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमको उपस्थितिमा सुनसरी निर्बाचन क्षेत्र १ र २ मा एलभी सह–इन्चार्ज नियुक्ति गरिएको हो ।

उक्त कार्यक्रममा क्षेत्र १ मा झरेन्द्र देवान र क्षेत्र २ मा बुद्ध राई नियुक्त भएका छन् । त्यसैगरी धरान उपमहानगर हेर्ने गरी सिनियर फिल्ड कमाण्डर सरन लिम्बु त्यसैगरी सहफिल्ड कमाण्डरहरुमा देवेन्द्र चेम्जोङ र असु लिम्बु लगायत १५ सदस्यीय कमाण्ड गठन भएको छ ।

कार्यक्रमको सभाध्यक्षता साजन पङयागुले गरका थिए भने स्वगत मन्तव्य मञ्चका उपमहानगर अध्यक्ष सञ्जुहाङ साँबाले गरेका थिए । यसरी नै कार्यक्रम संचालन राजकुमार वनेमले गरेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...