मेरिङदेनमा लिम्बुवानको टोल समिति गठन, पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, १२ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । विभिन्न पार्टीहरु परित्याग गरि ३० भन्दा धेरैजना मेरिङदेन २ सान्थाक्राबाट लिम्बुवान मञ्चमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई मञ्चका प्रदेश समन्वय समिति सचिव नविन पोमू, लिम्बुवान प्रान्तीय सचिव मुक्साम लाबुङ, प्रान्तीय सचिव रीता मादेन र प्रान्तीय सदस्य रुपा चोङबाङ लगायत नेताहरुको उपस्थितिमा बुधबार पार्टीमा प्रवेश गराइएको स्रोतले जनाएको छ ।

यसैगरी सान्थाक्रा हाङजाममा देवेन्द्र नाल्बोको अध्यक्षतामा ४३ सदस्यीय टोल समिति गठन भएको छ । समितिको गणेश केदेम, सचिबमा सेसे केदेम, सह–सचिबमा मनकुमार यक्सो र अर्थ–सचिबमा बुद्धिमान आवाजुङ चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा वीर ब केदेम, मन कुमार माङ्मु, बुद्ध माया सावा केदे, रुपा मादेन केदेम, सलिन श्रेङ्ग लिम्बू, रमित मदेन्छन कुन्त, मन कुमारी श्रेङ्ग, टंक माया केदेम, बाल कुमारी केदेम वने, कबिता केदेम, सुमित्रा केदेम, सनेस केदेम, नरेन्द्र केदे, सुस्मा केदेम, खगेन्द्र यक्सो, बिस्णु यक्सा, मन कुमार यक्सो, मात्रीका यक्सो, पदम यक्सो, गोबिन्द यक्सो, धन प्रसाद आवाजुङ, मिना कुमारी बि क, बिस्णु माया यक्सो, नर कुमारी आवाजुङ, राजेस यक्सो, जीवन यक्सो, गगन केदेम, अम्मर बि क, विशाल नेयोङ, सुभाष यस्को, तारा सिंह यक्सो, राम कुमारी लिम्बु र धन ब नाल्बो चयन भएका छन् ।

यसरी नै सल्लाहकार समितिमा सुभास नाल्बो, खगेन्द्र यक्सो, मिस्लाखहाङ यक्सो, नरेश यक्सो र अमृत यक्सो चयन भएका छन् । ताप्लेजुङ जिल्ला स्थित सबै वडाहरुमा घरदैलो कार्यक्रम निरन्तररुपमा भईरहेको प्रान्तीय सचिव लाबुङ्ले लिम्बुवानखबरलाई जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...